साना किसान सहकारी मल्लाजको सहकारी सचेतना कार्यक्रम
बागलुङ : पर्वतको जलजला गाउँपालिकास्थित मल्लाजमा सञ्चालित साना किसान कृषि सहकारी संस्था लिमिटेडले सदस्यहरुको दक्षता अभिवृद्धिका लागि एक दिने सहकारी सचेतना कार्यक्रम शनिवार सम्पन्न गरेको छ ।
सहकारीको व्यवसायिक अवस्थामा सुधारका लागि योजना निर्माणसंगै सदस्यहरुको सक्रियता बढाउन तथा उनीहरुको व्यवसायिक योजनामा सहयोग गर्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको संस्थाका अध्यक्ष हेम कुमारी अधिकारीले बताउनुभयो ।
कार्यक्रममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीलाई व्यवस्थित, प्रभावकारी, दीगो र सहकारीको मर्म अनुसार अगाडि बढाउनका लागि सदस्यहरुलाई सहकारीका बारेमा शिक्षा अनिवार्य रहेको बताउनुभयो ।
सहकारीको व्यवसायलाई बढाउन तथा सहकारीमा आउन सक्ने जोखिम नियन्त्रणका लागि सदस्यहरुको सक्रिय सहभागिता र समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो ।
कार्यक्रमका सहभागीहरुले तालिमबाट सिके अनुसार सहकारीले बनाएका योजनामा सहभागिता जनाउनुका साथै सदस्य वृद्धि, कारोबार वृद्धिका लागि निरन्तर लागि पर्ने प्रतिवद्धता जनाएका छन् । उनीहरुले सहकारी ऐन अनुसार दोहोरो सदस्यता अन्त्यगरी एउटै सहकारीलाई प्रभावकारी रुपमा अगाडि बढाउन आफुहरु प्रतिवद्ध रहेको बताएका छन् ।
कार्यक्रम संस्थाका अध्यक्ष हेम कुमारी अधिकारीको अध्यक्षता, उपाध्यक्ष विन्दु पौडेलको स्वागत र सचिव डम्मर बहादुर जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रमका संस्थाको समसायिक अवस्थाका बारेमा प्रवन्धक सनिता कार्कीले जानकारी गराउनु भएको थियो ।
संस्थामा हाल ९ सय ३६ जना शेयर सदस्य, ७६ लाख ३५ हजार शेयर रकम, ५ करोड ३५ लाख बचत, १ करोड ७४ लाख जगेडाकोष र ६ करोड ६७ लाख कर्जा लगानी रहेको संस्थाका प्रवन्धक कार्कीले जानकारी दिनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी पीडितलाई न्याय दिलाउन बचत फिर्ता अभियानको शुभारम्भ: मुख्यमन्त्री बानियाँ
३० असार २०८३, मंगलवार
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार