३० असार २०८३, मङ्गलबार

आदर्श सञ्चारको वडा भेला तथा उप–समिति गठन

२०७७ चैत २२, आईतवार
आदर्श सञ्चारको वडा भेला तथा उप–समिति गठन

बागलुङ : आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले सञ्चालन गरेको ‘सदस्य भेटौ : सदस्य सुनौं’ अभियान अन्तर्गत शनिबार बागलुङ नगरपालिका वडा नं. ६ लङ्गाउँमा वडा भेला सम्पन्न गरेको छ । भेलाले टेक बहादुर थापाको संयोजकत्वमा ९ सदस्यीय उप–समिति गठन गरेको छ ।

उप–समितिको सचिवमा सुजान थापा तथा सदस्यहरुमा तारा थापा, खिमलाल सापकोटा, सिर्जना थापा, गीता थापा, पूर्णकली थापा, तुल्सी थापा र माया थापा रहनुभएको छ । भेलामा आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमा कुमारी जिसी ‘अञ्जु’ले संस्थाको रणनीतिक योजना अनुसार सदस्य वृद्धि गर्दै सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणका कार्यक्रमलाई व्यापक बनाउने लक्ष्यका साथ वडा स्तरमा उप–समिति गठन प्रक्रिया अगाडि बढाइएको बताउनुभयो ।

कार्यक्रममा संस्थाका निवर्तमान सञ्चालक सृजना थापाले आदर्श सञ्चार सहकारीले सञ्चालन गरेको सदस्य वृद्धि अभियान अन्तरगत एक जना शेयर सदस्यले २ जना थप गर्नका लागि सदस्यहरुलाई आव्हान गर्नुभयो । कार्यक्रममा संस्थाको रणनीतिक योजना तथा समसामयिक अवस्थाका बारेमा प्रवन्धक दिपकराज सापकोटाले जानकारी गराउनु भएको थियो ।

आदर्श सञ्चार सहकारी संस्थाले १० वर्षे रणनीतिक योजना अनुसार २०८० साल असार मसान्तसम्म ५ हजार भन्दा बढी शेयर सदस्य, १० करोड शेयर पूँजि, ८० करोड वचत र ७५ करोड कर्जा लगानी तथा १ अर्ब ८ करोड वासलात पु¥याउने लक्ष्य रहेको छ ।

रणनीतिक योजना अनुसार प्रत्येक वर्षको योजना अनुसार प्रत्येक वर्षको कार्ययोजना अनुसार सदस्य भेटौ सदस्य सुनौ अभियान सञ्चालन गरिएको संस्थाले जनाएको छ ।
धौलागिरी जागरण दैनिक, अग्रसर साप्ताहिक र आदर्श सञ्चार अनलाइन सञ्चालन गर्दै आएको संस्थामा हाल २ हजार ५ सय जना शेयर सदस्य, ५ करोड शेयर पूँजी, ३४ करोड वचत र ३१ करोड कर्जा लगानी रहेको छ ।

कार्यक्रम संस्थाका अध्यक्ष हुमा कुमारी जिसी ‘अञ्जु’को अध्यक्षता तथा संस्थाका प्रबन्धक दिपकराज सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

अभिलेख

लोकप्रिय