३० असार २०८३, मङ्गलबार

शुक्रपथ सहकारीद्वारा सहारा हेरविचार केन्द्रलाई खाद्य सामग्री सहयोग

२०७७ चैत २१, शनिवार
शुक्रपथ सहकारीद्वारा सहारा हेरविचार केन्द्रलाई खाद्य सामग्री सहयोग

काठमाडौं : शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाले भक्तपुर नगरपालिका, श्रृजनानगरमा रहेको सहारा हेरचार केन्द्रमा खाद्य सामग्री वितरण गरेको छ ।

६४औं राष्ट्रिय सहकारी दिवस एवं संस्थाको ११ औं वार्षिकोत्सवको अवसर पारेर संस्थाले उक्त सामग्री वितरण गरेको हो । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्तो कार्यक्रम गरेको संस्थाका सञ्चालक तथा सूचना अधिकारी अर्जुन विश्वकर्माले जानकारी दिनुभयाे । कार्यक्रममा संस्थाका अध्यक्ष नरेन्द्र बिष्ट लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

अभिलेख

लोकप्रिय