सबैभन्दा धेरै कर तिर्ने आईएमई काे-अपरेटिभ सम्मानित
काठमाडौं : आइएमई को–अपरेटिभ सर्भिस लिमिटेड आर्थिक वर्ष २०७६/०७७ मा नेपालका प्रारम्भिक सहकारी संस्थाहरू मध्ये सबैभन्दा बढी आयकर दाखिल गरेकोमा सम्मानित भएको छ ।
सहकारी विभागले ६४ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजित एक विशेष कार्यक्रमकावीच आइएमई को–अपरेटिभलाई उक्त सम्मान प्रदान गरेको हो ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री माननीय डा. शिवमाया तुम्बाहाङ्फेले संस्थाको तर्फबाट अध्यक्ष योगेश्वर शर्मा ढकाललाई उक्त सम्मान प्रदान गर्नुभएको हो । सम्मान ग्रहण कार्यक्रममा आइएमई को–अपरेटिभ सर्भिस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अर्जुन शर्मा पौडेल, एवम्बोर्ड सचिव सागर ढकालको उपस्थिती रहेको थियो ।
सम्मान ग्रहणपछि संक्षिप्त मन्तब्य दिँदै अध्यक्ष ढकालले सरकारले सहकारीलाई आर्थिक क्षेत्रको एक मुख्य आधार स्तम्भको रुपमा स्वीकार गर्दै आइरहेको सन्दर्भमा आफ्नो संस्थाले कर मार्फत समग्र सहकारी उद्योगमै सबैभन्दा बढी आयकर दाखिल गरी राज्यलाई सहयोग गर्न पाएकोमा प्रशन्नता व्यक्त गर्नुभयो ।
संस्थाका सम्पूर्ण शेयरधनी एवम् कर्मचारीहरूलाई यो सफलताको मूख्य श्रेय दिँदै अध्यक्ष ढकालले आगामी दिनमा संस्थाले आफ्नो पहिचानलाई अझै बढाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
काठमाडौंको कान्तिपथ स्थित केन्द्रीय कार्यालय रहेको आइएमई को–अपरेटिभ सर्भिस लिमिटेडले देशभरका १५ वटा सेवाकेन्द्रमार्फत सहकारी सेवा प्रदान गर्दै आइरहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी पीडितलाई न्याय दिलाउन बचत फिर्ता अभियानको शुभारम्भ: मुख्यमन्त्री बानियाँ
३० असार २०८३, मंगलवार
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार