३० असार २०८३, मङ्गलबार

आज राष्ट्रिय सहकारी दिवस

२०७७ चैत २०, शुक्रबार
आज राष्ट्रिय सहकारी दिवस

काठमाडौं : नेपालमा औपचारिक रुपमा सहकारी अभियान सुरु भएको ६४ वर्ष भएको छ ।

२०१३ साल चैणत २० गते चितवन जिल्लामा बखान सहकारी संस्था दर्ता भएको हो । सोहि दिनको सम्झनामा आज राष्ट्रिय सहकारी दिवस मनाइँदैछ ।

सहकारी विभागका अनुसार देशभर सहकारीको सङ्ख्या ३० हजार पुगेको छ । सहकारीले ८८ हजार ३ सयलाई रोजगारी दिएका छन् । सहकारीमा ७५ लाख मानिस आबद्ध छन् ।

कुल गृहस्थ उत्पादनमा सहकारीको योगदान बढ्दै गएको सहकारीका अगुवाहरूको दाबी छ । तर ठोस रूपमा कुल गृहस्थ उत्पादनमा सहकारीको योगदानको अध्ययन हुन सकेको छैन । सहकारीले १० खर्बको कारोबार गर्दै आएको छ ।

अभिलेख

लोकप्रिय