३० असार २०८३, मङ्गलबार

सहकारी दिवसको अवसरमा सयपत्री सहकारीद्वारा क्यूआर सेवा शुभारम्भ

२०७७ चैत १९, बिहिबार
सहकारी दिवसको अवसरमा सयपत्री सहकारीद्वारा क्यूआर सेवा शुभारम्भ

कास्की : पोखरा रानीपौवा स्थित सयपत्री बचत तथा ऋण सहकारी संस्थाले ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आफ्ना प्रविधिहरुलाई थप गर्दै क्यूआर सेवा विस्तार गरेको छ ।

`मर्यादित ब्यवसाय र प्रविधिमा सहकारी´भन्ने ६४ औं सहकारी नारालाई आत्मसाथ गर्दै सहकारीलाई थप प्रविधिमार्फत सदस्यलाई सेवा दिनका लागी ईसेवा कम्पनी र इन्फोडेभलर्पस् सफ्टवयर कम्पनीको सहकार्यमा यो सेवा बिस्तार गरेको हो । सहकारी र सहकारी सदस्यहरुलाई अझ प्रविधि मैत्री बनाउनकका लागि संस्थाले विगत सयमदेखि स्मार्ट मोवाईल बैंकिङ्ग सेवा, आफ्नौ ए.टि.एम. र डेबिट कार्ड सेवा, फन्ड ट्रान्सफर सेवा रही आएकोमा सहकारी दिवशको अवसर पारि क्यूआर सेवालाई थप बिस्तार गरेकाे संस्थाले जनाएकाे छ । निकट भविष्यमा अझ थप प्रविधिलाई अगाल्दै संस्था अगाडि बढ्ने लक्ष्य राखेको संस्थाका अध्यक्ष रबीन्द्रनाथ बाँस्तोलाले जानकारी दिनुभयाे । सेवा शुभारम्भ कार्यक्रममा ई सेवा कम्पनी गण्डकी प्रदेशका प्रमुख बिनोद बोहोराले कास्की जिल्लामै सहकारीमार्फत क्यूआर सेवा विस्तारमा देस्रो संस्था रहेको र यो सेवा विस्तारबाट सदस्यले नेपालको जुन सुकै बैंक, सहकारीबाट आफ्नो खातामा रकम जम्मा गर्न सहज हुने बताउनुभयो ।

क्यूआर सेवा विस्तारबाट सहाकारी संस्थाका सदस्यहरुले नेपालभरी रहेको जुन सुकै फोनपे क्यूआरमा सहकारीको मोवाई मार्फत भुक्तानी लिन सकिने संस्थाका व्यवस्थमपक विकास सुवेदीले बताउनुभयो । संस्थाले सदस्यहरुलाई मोवाईल एपमार्फत बिजुली, खानेपानी, टेलिफोन, इन्टरनेट, इन्स्योरेन्स बिल, मोबाईल ब्यालेन्स रिचार्ज, हवाई टिकट बुकिङ्क, ईसेवा मनि लोड, सहकारीको खाताबाट बैंकको जुनसुकै खातामा रकम स्थान्तरण, खल्ती वालेटमा मनि लोड गर्न मिल्ने जस्ता सेवाका साथ साथै आफ्नै ए.टि.एम. र डेविट कार्ड समेत नि:शुल्क उपलब्ध गराई सुविधा प्रदान गर्दै आएको छ ।

सहकारी दिवशकाे अवसरमा पारिएको उक्त शुभारम्भ कार्यक्रममा संस्थाका सचिव, कोषाध्यक्ष, संचालक सदस्य समेत रहनु भएको थियो ।

११ वर्षमा रहेको सहकारी संस्थाको हाल कुन निक्षेप १ अर्ब ४२ करोड, कर्जा १ अर्ब ३० करोड र जम्मा सम्पत्ती तथा दायित्व (ब्यालेन्स सिट) १ अर्ब ७६ करोड रहेको छ ।

अभिलेख

लोकप्रिय