३० असार २०८३, मङ्गलबार

सहकारी दिवसकाे अवसरमा बागलुङमा खुला रक्तदान कार्यक्रम

२०७७ चैत १९, बिहिबार
सहकारी दिवसकाे अवसरमा बागलुङमा खुला रक्तदान कार्यक्रम

बागलुङ : ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बागलुङ को–अपरेटिभ म्यानेजर्स क्लवले दिवसको अवसार पारी रक्तदान कार्यक्रम गरेको हो ।

कार्यक्रममा बागलुङ को–अपरेटिभ म्यानेजर्स क्लवका अध्यक्ष दिपक राजभण्डारीले सहकारी संघ/संस्थाहरु सहकार्य गर्दै सामाजिक कार्यमाअगाडी बढ्नु पर्ने बताउनुभयााे । उहाँले व्यक्तीर संस्थाको आर्थिक उन्नती सँगै शिक्षा र स्वास्थ्यमापनि सहकारीले सामाजिक सदभाव राख्दै काम गर्नुपर्ने बताउनुभयो ।

रगत अभावकै कारण उपचारमा अफ्ट्यारो नपरोस् भन्ने सन्देश दिनको लागि कार्यक्रमको आयोजना गरिएको भन्दै राजभण्डारीले आवश्यकता परे जुनसुकै समयमा पनि सहकारीकर्मी रक्तदान गर्न तयार रहने बताउनुभयो । कार्यक्रममा १५ जना सहकारीकर्मीले रक्तदान गरेका थिए ।

अभिलेख

लोकप्रिय