२३ वटा सहकारी संस्था मिलेर बजार व्यवस्थापन तालिम
काठमाडौं : सहकारी संस्थाका बजार प्रतिनिधिहरुको क्षमता अभिवृद्धि गर्न एक दिवसीय तालिम दिएको छ । २३ वटा सहकारी संस्थाका ७० जना बजार प्रतिनिधिलाई शनिवार उक्त तालिम दिईएको हो । २३ वटा सहकारी संस्थाहरु मिलेर तालिम कार्यक्रमको आयोजना गरिएको थियो ।
बजार व्यवस्थापनलाई वैज्ञानिक र समय सान्दर्भिक बनाउन तालिम आयोजना गरिएको कार्यक्रमका संयोजक अमरावती बलामीले जानकारी दिनुभयो । बजार व्यवस्थापनमा देखिएका समस्याहरु समाधान गर्ने उद्देश्य अनुरुप सञ्चालन गरिएको थियो । तालिममा सदस्य सम्बन्ध व्यवस्थापन, सदस्य सम्बन्ध व्यवस्थापनको आवश्यकता सहकारी संस्थाहरुमा विधमान समस्या, सहकारीमा बजार विश्लेषणका आधारहरु आदि विषयहरु समावेश रहेको उहाँले बताउनुभयो ।

तालिम कार्यक्रमको सहजिकरण खेमराज चापागाईंले गर्नुभएको थियो । तालिम कार्यक्रमको समापन राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीको प्रमुख आतिथ्यतामा भएको थियो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी पीडितलाई न्याय दिलाउन बचत फिर्ता अभियानको शुभारम्भ: मुख्यमन्त्री बानियाँ
३० असार २०८३, मंगलवार
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार