३० असार २०८३, मङ्गलबार

राष्ट्रिय सहकारी व्यवस्थापन सम्मेलन हुँदै

२०७७ चैत १३, शुक्रबार
राष्ट्रिय सहकारी व्यवस्थापन सम्मेलन हुँदै

काठमाडौं : राष्ट्रिय सहकारी महासंघको आयोजनामा ‘राष्ट्रिय सहकारी व्यवस्थापन सम्मेलन’ भर्चुअल रुपमा चैत २३ देखि २५ गतेसम्म हुने भएको छ ।

सहकारीलाई मर्यादित तथा व्यवस्थित रुपमा संचालन गर्न पृष्ठपोषण गर्ने उद्देश्यका साथ महासंघले सम्मेलनको आयोजना गर्न लागेको हो । व्यसायिक विकास, व्यवस्थापनको मुख्य क्षमता, कार्यस्थलमा नेतृत्व विकास गर्ने उद्देश्यबाट व्यस्थापन सम्मेलनको आयोजना गर्न लागिएको महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले जानकारी दिनुभयो । परिवर्तित अवस्थामा सहकारीका व्यवस्थापकलाई नेतृत्व गर्न सक्षम बनाउने उद्देश्यबाट सम्मेलन प्रेरित रहेको उहाँको भनाई छ ।

सम्मेलनको मुख्य वक्ताको रुपमा नेपाल सरकार अर्थ मन्त्रालका सचिव शिशिर ढुंगाना रहनुभएको छ । त्यस्तै भारतका चर्चित अन्तर्राष्ट्रिय व्यवस्थापन तथा सफ्ट स्किल ट्रेनर एस के चक्रवर्ती, काठमाडौं विश्वविद्यालयका प्रा. डा. विनोद श्रेष्ठको महत्वपूर्ण प्रस्तुती रहने महासंघका नायव महाप्रबन्धक बाबुल खनालले बताउनुभयो । त्यसैगरी सर्टिफाइड मास्टर चेतना कोच इन्द्र गुरुङले चेतनशिल व्यवसायको विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुने छ । मेगा बैंकको डिसीइओ रभिना देशराज श्रेष्ठले महत्वपूर्ण कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको खनालले बताउनुभयो ।

महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा जनकराज शाहले समेत बदलिदो परिस्थितिमा सहकारीमा नेतृत्वले खेल्नुपर्ने भूमिकाको विषयमा प्रस्तुती गर्नुहुने छ । महासंघले सो सम्मेलनका लागि ५ हजार शुल्क तोकेको छ । कार्यक्रम व्यवस्थापनका लागि लाग्ने खर्च मात्र तोकिएको र यसबाट हुने लाभ सहकारीका लागि ठूलो रहेको महाप्रबन्धक सुब्बाले बताउनुभयो ।

अभिलेख

लोकप्रिय