परोपकार महिला साकोसको वित्तीय साक्षरता तथा सदस्यता शिविर सुरु
दोलखा : परोपकार महिला बचत तथा ऋण सहकारी संस्थाको वार्षिक कार्यक्रम अन्तर्गत यस वर्षको वित्तीय साक्षरता तथा सदस्य शिक्षा शिवीर कार्यक्रम सुरु भएको छ ।
संस्थाले भीमेश्वर नगरपालिका–३ चरिघ्याङ्गमा बुधबार पहिलो वित्तीय साक्षारता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा संस्थाका २३ जना सदस्यहरुको सहभागीता रहेको थियो ।
आफ्ना सदस्यहरुलाई वित्तीय साक्षरतामार्फत आम्दानी, खर्च, बचत, बजेटको निर्धारण र परिचालन तथा बीमाको महत्व, विप्रेषण सेवा लगायतका विषमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यकमको सहजिकरण अध्यक्ष शर्मिला सापकोटा र ऋण उप–समिति सदस्य कल्पना आचार्यले गर्नु भएको थियो ।
कार्यक्रममा सहभागीले संस्थाले आफ्नो दैनिक जीवनमा यस किसिमको शिक्षाले ठूलो महत्व राख्ने रहेछ र अबका दिनमा सोही अनुरुप आम्दानी खर्चको बजेट बनाएर मात्र अघि बढ्ने बताका थिए ।
कार्यक्रममा संस्थाको सञ्चालक समिति सदस्य, शिक्षा उप–समिति संयोजक तथा अन्य उप–समितिका सदस्यको उपस्थिति रहेको थियो । यो कार्यक्रम संस्थाको कार्यक्षेत्रका प्रत्येक वडामा विभिन्न मितिमा सञ्चालन हुने संस्थाकी अध्यक्ष शर्मिला सापकोटाले जानकारी दिनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी पीडितलाई न्याय दिलाउन बचत फिर्ता अभियानको शुभारम्भ: मुख्यमन्त्री बानियाँ
३० असार २०८३, मंगलवार
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार