भेटिएन गुडविल सहकारीका अध्यक्ष
काठमाडौं : यतिबेला गुडविल बचत तथा ऋण सहकारी संस्था, ललितपुरका अध्यक्ष दिवाकर श्रेष्ठ सम्पर्कविहिन छन् ।
संस्थाको रकम हिनामिना गरेको आरोप सदस्यहरुले लगाएका छन् । सदस्यहरुको बचत फिर्ता गर्न नसकेपछि अध्यक्ष श्रेष्ठ सम्पर्कविहिन बनेका हुन् । सदस्यहरुले नियामक निकाय, प्रहरी र जिल्ला बचत संघ गुहारेका छन् । संस्थाबाट पैसा फिर्ता पाउन उजुरी दिने क्रम बढेको छ ।
२ सय जना पीडित संगठित भएर संस्थाको हिसाब किताब माग गरिरहेका छन् । अध्यक्ष श्रेष्ठलाई खोजी गरी पाउ भन्दै प्रहरीमा उजुरी उनीहरुले दिएका छन् । संस्थाका कर्मचारी ध्यक्ष श्रेष्ठले पैसा लगेर भागेको बताएका छन् । उनी नआई पैसा फिर्ता दिन नसक्ने जवाफ पीडितले पाइरहेका छन् ।
केही दिनयतादेखि कार्यालय आंशिक खुला भएको छ । तर, सञ्चालक समिति नै सम्पर्क विहीन भएपछि पीडित अलपत्र परेका छन् । संस्थाका कुन सदस्यको कति बचत छ भन्ने समेत रेर्कड राखिएको छैन । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संद्धले समस्या समाधान गर्न पहल गरिरहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी पीडितलाई न्याय दिलाउन बचत फिर्ता अभियानको शुभारम्भ: मुख्यमन्त्री बानियाँ
३० असार २०८३, मंगलवार
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार