३० असार २०८३, मङ्गलबार

पोखरा रोयल साकोसका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न

२०७७ चैत १०, मङ्गलबार
पोखरा रोयल साकोसका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न

साैरहा : पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.(नेफ्स्कून) को प्राविधिक सहयोगमा संस्थामा आवद्द सञ्चालक, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति र व्यवस्थापनका उच्च अधिकारीका लागि सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम  (सियूडिसिसी) सम्पन्न भएको छ ।

बचत तथा ऋण सहकारी संघहरुको एशियाली छाता संगठन एशियाली ऋण महासंघले तयार गरेको पाठ्यक्रममा आधारित तालिममा वित्तीय बजारमा बचत तथा ऋण सहकारीको छबि, बजारीकरण रणनीति, सदस्यसंगको ब्यवहार, बस्तु तथा सेवाको निर्माण, वित्तीय स्वास्थ्य परिक्षण, सहकारी कानून, सञ्चालक र व्यवस्थापनको काम, कर्तव्य र अधिकार, सञ्चालकहरुको ज्ञान, शीप क्षमताको स्वमूल्याँकन र संस्थाको रणनीतिक योजनाको पुनरावलोकन सम्वन्धी विषयमा व्यापक छलफल गरि भावी रणनीति तयार गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङले बताउनुभयो ।

तालिम अवधिभर नेफ्स्कुनका निवर्तमान प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा र वरिष्ठ तालिम अधिकृत बल्लभ तिमल्सिनाले सहजीकरण गर्नुभएको थियो भने चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठ र विकू बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले सफल सहकारीले गरेका असल अभ्यासहरुका सम्वन्धमा अनुभव आदान प्रदान गर्नुका साथै विषयगत प्रस्तुति राख्नुभएको थियो ।

संस्थाका उपाध्यक्ष रुद्रकुमारी गुरुङको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा उपाध्यक्ष गुरुङ र प्रशिक्षक शिवजी सापकोटाले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो । सञ्चालक, लेखा सुपरिवेक्षण समिति, उपसमिति र व्यवस्थापनका गरि २४ जना सहभागी कार्यक्रममा उपाध्यक्ष गुरुङले तालिम अवधिमा सिकेका कुराहरुलाई सञ्चालकहरुको क्षमता विकास र संस्थागत विकासको क्षेत्रमा कोसेढुँगा सावित भएको बिचार व्यक्त गर्नुहुदै नेफ्स्कून परिवारलाई विशेष धन्यवाद व्यक्त गर्नुभयो ।

नेफ्स्कूनद्धारा सञ्चालित प्रोवेसन ब्राण्ड कार्यक्रममा आवद्ध संस्थाले आफ्ना संस्थाका सञ्चालक र सदस्यहरुलाई सर्टिफाईड सहकारीकर्मी बनाउने उद्धेश्य बमोजिम यस्ता खाले कार्यक्रम सञ्चालन गरिरहेको संस्थाका सूचना अधिकारी मीलन ढकालले बताउनुभयो ।

तालिम चैत्र १ गतेदेखि ५ गतेसम्म चितवनको सौरहमा भएको थियो ।

अभिलेख

लोकप्रिय