पुल्चोक र बानेश्वरबीको सम्बन्धले सहकारी अभियानको विकास र विस्तार : रजिष्ट्रार शर्मा
ललितपुर : सहकारी विभागका रजिष्ट्रार लिलाप्रसाद शर्माले सहकारी क्षेत्रलाई निजीले पाएको जस्तो स्थान दिलाउनका लागि आफूले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
उहाँले सहकारी ऐन नियमावलीमा केहि विषय संशोधन गर्न आवश्यक भएको भए अभियानसँग छलफल गरेर अगाडि बढ्ने बताउनुभयो । राष्ट्रिय सहकारी महासंघले चैत ९ गते आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै रजिष्ट्रार शर्माले भन्नुभयो,‘ऐनले रजिष्ट्रारलाई महत्वपूर्ण भूमिका दिएको छ । त्यो दायित्व पुरा गर्न म आजैबाट मेहेनत गर्छु ।’
उहाँले सहकारीको विषयमा देखिएका समस्या पुल्चोक र बानेश्वरको सहकार्यमा समाधान गर्ने र आवश्यक परेको खण्डमा संयुक्त रुपमा सिंहदरबार जाने वातावरण बनाउने बताउनुभयो ।‘पुल्चोक र बानेश्वरबिचको सम्बन्धले अभियानको विकास र विस्तार हुने भएकाले यसलाई प्राथमिकतामा राख्नेछु’, उहाँले भन्नुभयो ।
महासंघका अध्यक्ष मिनराज कडेलले रजिष्ट्रारको स्वागत गर्दै ऐन, नियम, निर्देशन, कार्यविधि तर्जुमा गर्दा अभियानलाई साथमा लिएर गर्न अनुरोध गर्नुभयो ।
महासंघका निवर्तमान अध्यक्ष तथा पूर्व मन्त्री केशव बडालले अभियानको समस्या समाधानका लागि रजिष्ट्रारले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने भएकाले सो भूमिका निर्वाह हुने अपेक्षा व्यक्त गर्नुभयो ।
महासंघका वरिष्ठ उपाध्यक्ष तथा विश्व सहकारी अभियानको शिर्षस्थ निकाय अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले सहकारीका तथ्याङ्क, कर्जा सुचना केन्द्र र कोपोमिसको क्षेत्रमा कार्य गर्नुपर्ने भएकाले रजिष्ट्रारले यी विषयलाई प्राथमिकतामा राख्नु हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले महासंघको विषयमा परिचयात्मक प्रस्तुती गर्नुभएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी पीडितलाई न्याय दिलाउन बचत फिर्ता अभियानको शुभारम्भ: मुख्यमन्त्री बानियाँ
३० असार २०८३, मंगलवार
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार