सहकारी बैंकले भवन निर्माण प्रक्रिया अगाडि बढायो, कार्यदल गठन
ललितपुर : राष्ट्रिय सहकारी बैंक लिमिटेडले केन्द्रीय कार्यालय भवन निर्माण प्रक्रिया अगाडि बढाएको छ । बैंकको १७ औं वार्षिक साधारणसभाले जग्गा खरिद गरी भवन निर्माण प्रक्रिया अगाडि बढाउने निर्णय गरे लगत्तै जग्गा खरिद गरेको बैंकले केन्द्रीय कार्यालय भवन निर्माणका लागि कार्यदल गठन गरेको हो ।
बैंकका सञ्चालक रामहरि बजगाईको संयोजकत्वमा गठित भवन निर्माण कार्यदलमा सञ्चालकहरु ज्ञान बहादुर तामाङ, पार्वती थापा र केदार मानन्धर सदस्य रहनु भएको छ । सञ्चालक समितिको बैठकले गठन गरेको कार्यदलको सदस्य सचिवमा वैंकका प्रवन्धक मोहन बहादुर कार्की रहनु भएको छ ।
बैंकले काठमाडौंको टेकुमा २ रोपनी १ आना २ पैसा क्षेत्रफलको जग्गा २० करोड ६० लाख २५ हजार रुपैयामा खरिद गरेको थियो ।
आफ्नो केन्द्रीय कार्यालयको भवन निर्माण गरेर बैंकका सेवालाई थप प्रभावकारी रुपमा अगाडि बढाउनका लागि धेरै पहिलेदेखि पहल गर्दै आएका थियौ, यसपटक जग्गा खरिद गरी भवन निर्माण कार्य अगाडि बढाउने निर्णय गरिएको छ, बैंकका अध्यक्ष के.बी.उप्रेतीले भन्नुभयो–‘अब छिटै बैंकको आफ्नै केन्द्रीय कार्यालयको भवन निर्माण गरेर त्यहिबाट सेवा सञ्चालन गर्नेछौ ।’
६८ शाखामार्फत देशभरका सहकारी संघ संस्थाहरुलाई सेवा प्रदान गर्दै आएको बैंकमा हाल करिव १३ हजार सहकारी संघ संस्था शेयर सदस्य रहेका छन् । बैंकमा २ अर्ब ८५ करोड शेयर पूँजि, ६० अर्ब निक्षेप र ३३ अर्ब कर्जा लगानी रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिनुभयो ।
बैंकले वित्तीय सेवासंगै सहकारी संघ संस्थाहरुको संस्थागत विकास, सहकारी शिक्षा सहकारीकर्मीहरुको क्षमता विकास, नेतृत्व विकास लगायत सहकारीको सुशासनलाई व्यवस्थित गराउने उद्देश्य सहित तालिम तथा स्तरीकरण कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी पीडितलाई न्याय दिलाउन बचत फिर्ता अभियानको शुभारम्भ: मुख्यमन्त्री बानियाँ
३० असार २०८३, मंगलवार
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार