३० असार २०८३, मङ्गलबार

थोक कर्जा लिन चाहने सहकारीलाई अवसर

२०७७ चैत ९, सोमबार
थोक कर्जा लिन चाहने सहकारीलाई अवसर

काठमाडौं : युवा तथा साना व्यवसायी स्वरोजगार कोषले थोक कर्जा लिने सहकारीलाई प्रस्ताव आह्वान गरेको छ ।

कोषको सचिवालयले एक सूचना प्रकाशित गरेर कोषले तय गरेका मापदण्ड पुरा गरेका ईच्छुक सहकारीलाई आर्थिक वर्ष २०७७/०७८ सम्म कर्जा प्रस्ताव फारम भर्न सूचित गरेको हो ।

चालु आर्थिक वर्षमा दर्ता भई छनौट हुन बाँकी रहेका सहकारीलाई आगामी आर्थिक वर्षमा छनौट गर्ने कोषले जनाएको छ । कोषले तोकेका आवश्यक काजगपत्र संलग्न गरेर भरेको माग फारम सहकारी संस्थाले कोष सचिवालय अनामनगरमा सोझै वा खामबन्दी गरि पठाउन सक्ने व्यवस्था गरेको छ ।

अभिलेख

लोकप्रिय