पुनः बढ्यो कोरोनाको त्रास, सभा, जुलुस, र्याली गर्न रोक
२०७७ चैत ८, आईतवार
काठमाडौं : देशभर सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड नगर्न अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै पछिल्लो समय छिमेकी देशमा कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा रहेकोले नेपालमा पनि सतर्कता अपनाउन अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले मन्त्रालयले यसअघि जारी गरेको जनस्वास्थ्यका मापदण्ड पालन गर्न आग्रह गर्नुभएको छ ।
केही दिनयता भारतमा कोरोना बढेको छ । तर नेपालमा भने निर्वाद रुपमा मानिस आउने क्रम बढेको छ । यसले गर्दा पनि स्वास्थ्य सतर्कता बनाएको बताइएको छ । गौतमले सबैलाई व्यक्तिगत दूरी कायम गर्दै अनिवार्य रुपमा मास्को प्रयोग गर्न आग्रह गनुभयो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी पीडितलाई न्याय दिलाउन बचत फिर्ता अभियानको शुभारम्भ: मुख्यमन्त्री बानियाँ
३० असार २०८३, मंगलवार
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार