महिला सहकारीले टोल टोलमा गरेको कामबाट मन्त्री महतो खुसी
काठमाडौं : महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली कुमारी महतोले सहकारीमार्फत महिला आपसमा मिलेर टोल टोलमा उद्यमशीलता तथा उत्पादन बृद्धिको कार्य गरिरहेको भन्दै खुसी व्यक्त गर्नुभएको छ ।
‘सहकारीले महिला सशक्तिकरणमा महत्वपूर्ण योगदान गरेको छ’, मन्त्री महतोले भनिन्, ‘सहकारी ५६ प्रतिशत महिला सहभागीता छ । महिलाको आर्थिक, सामाजिक, सांस्कृति र राजनीतिक चेतना बृद्धि गर्ने विषयमा सहकारीको योगदान महत्वपूर्ण छ ।’
राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सहकारीमा महिला समावेशिता विषयक राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै मन्त्री महतोले भनिन्,‘महिला दिदिबहिनी सहकारीमार्फत उत्पादनमा जोडिएकी कारण सरकारले पनि ठूलो अपेक्षा गरेको छ ।’ उहाँले नीति नियमबाट सहकारी र महिला उद्यमशीलताका लागि समस्या परेको भए आफूले त्यसका लागि पहल गर्ने बचत समेत बताउनुभयो । उहाँले महिलाबाट संचालन गरेका उद्योग व्यवसाय तथा संस्थालाई अझ ठूलो बनाएर उदाहरण दिन सकिने बताउनुभयो । उहाँले अब अधिकार खोज्ने भन्दा पनि गरेर देखाउने बेला आएको बताउनुभयो। नीति नियमले ग्यारेन्टी गरेको विषयमा महिलाले जिम्मेवारी पाउनुपर्ने र उत्कृष्ट कार्य गरेर देखाउनुपर्ने उहाँको धारणा थियो ।
महासंघका अध्यक्ष मिनराज कडेलले ७० वटा जिल्ला सहकारी संघमध्ये ३ वटामा महिला अध्यक्ष रहेको र अन्यमा समेत महिलालाई नेतृत्व लिनका लागि प्रेरणा मिलेको बताउनुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले २१ औं शताब्दीमा महिलारु समावेशितामा मात्र भर पर्न नहुने बताउनुहुँदै निर्णय र ज्यालमा पनि समानता हुनेपर्ने बताउनुभयो । उहाँले पहिले कर्तव्य पुरा गरेर अधिकार खोज्नुपर्ने बताउनुभयो ।
दुई दिने गोष्ठीमा महिला उद्यमी कमला सुवेदी, मल्लिका श्रेष्ठले आफ्नो अनुभव आदान प्रदान गर्ने कायृक्रम छ । त्यसैगरी महिला समावेशिताका लागि संघले गरेको प्रयास एवं चुनौतीहरुको विषयमा समेत सोमबार प्रस्तुती हुने छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी पीडितलाई न्याय दिलाउन बचत फिर्ता अभियानको शुभारम्भ: मुख्यमन्त्री बानियाँ
३० असार २०८३, मंगलवार
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार