मिलिजुली कालिञ्चोक बचतको ८ औं सेवा केन्द्र विस्तार, स्वास्थ्य सचेतना फैलाउनको स्त्रीरोग परिक्षण शिविर
दोलखा : मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले दोलखाको बिगु गाउँपालिका ८ थामीचागुमा ८ औं सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । सदस्यहरुलाई प्रवाह गर्ने सेवा सहज र नजिक बनाउनको लागि सेवा केन्द्र विस्तार गरेको हो ।
सोही अवसरमा सेवा सञ्चालन हुने उक्त ग्रामीण क्षेत्रमा बसोवास गर्ने महिलाहरुलाई स्वास्थ्य सचेतना फैलाउनको लागि स्त्रीरोग परिक्षण शिविर समेत सञ्चालन गरेको थियो । शिविरमा १३१ जनाले स्वास्थ्य परिक्षण गराई लाभ लिएको संस्थाले जनाएको छ ।
सेवाकेन्द्र शुभारम्भ तथा स्वास्थ्य शिविर उद्घाटन कार्यक्रम बिगु गाउँपालिकाका उपाध्यक्ष सन्जीव ओलीको प्रमुख आतिथ्यता तथा नेफ्स्कुनका सञ्चालक एवं बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका महासचिव जिवसराज खड्काको बिशेष आतिथ्यता संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठको सभापतित्वमा भएको हो ।
संस्थाले ग्रामीण भेगमा सेवा दिनका लागि सेवाकेन्द्र स्थापना गरिदिएको र स्त्रीरोग परिक्षण गराई स्थानीय महिलाहरुलाई रोगबाट जोगिन सचेत गराइ उपचार गराइदिएकोमा खुशी ब्यक्त गर्दै अतिथि लगायत संस्थाबाट सहभागिहरुलाई स्थानीयबासीले गीत तथा नृत्यसहित स्वागत गरेका थिए ।

स्थानीय समुदायको तर्फबाट बोल्दै कुमारी थामीले संस्थाले सेवाकेन्द्र सञ्चालन गरेर बचत गर्ने बानीका बिकासको साथै बिप्रेषण सेवा, बिद्युत् बिल भुक्तानी सेवा लगायतका आर्थिक कारोबारमा सहजता ल्याईदिएकोमा धन्यवाद दिनुभयो ।
कार्यक्रममा बिशेष अतिथि खड्काले संस्थाले यस क्षेत्रमा आफ्नो सेवाकेन्द्र विस्तार गरेकोमा खुशी ब्यक्त गर्दै सदस्यहरुको विकासको लागि संस्था सदैव अगाडि बढिरहने छ बताउँदै संस्था दिगो र भरपर्दो रहेकोले सबै समुदायलाई संस्थामा आवद्ध हुन आग्रह गर्नुभयो।
बिगु गाउँपालिका उपाध्यक्ष ओलीले सहकारीसँग समन्वय गरेर स्थानीय समुदायको विकासको लागि अगि बढ्ने प्रतिबद्धता जनाउँदै बिरामी पर्दा र समस्या हुँदा अन्यन्त्र धाउँनु पर्ने कुराको अन्त्य भएको र यसको समाधान गर्न मिलिजुली कालिञ्चोक साकोसले मद्धत पुर्याउने धारणा राख्नुभयो ।
संस्थाका अध्यक्ष श्रेष्ठले धन्यबाद ज्ञापन गर्दै संस्थाको ऐतिहासिक पृष्ठभुमि, संस्थाको सफलता र संस्थाका सदस्यहरुको लागि सेवा र सुविधाको बारेमा जानकारी गराउनु भएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा नेचुरल साकोसको साथ, दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार सहयोग
१४ भाद्र २०८३, आईतवार
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार