प्रथम बहुउद्देश्यीय सहकारी राष्ट्रिय सम्मेलन जेठ २८ र २९ हुने
काठमाडौं : प्रथम बहुउद्देश्यीय सहकारी राष्ट्रिय सम्मेलन जेठ २८ र २९ हुने भएको छ । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको आयोजनामा होेटल सोल्टी क्राउन प्लाजामा हुन लागेको हो ।
संघको मंगलबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बहुउद्देश्यीय सहकारी संघ/संस्थाहरुलाई उद्देश्य अनुरुप अगाडि बढाउनको लागी समस्याहरुको पहिचान गर्न, भावी कार्यदिशा निर्दिष्ट गर्न तथा बहुउद्देश्यीय सहकारी संघ/संस्थाहरुको सबल व्यवस्थापन गरी सहकारी मार्फत उत्पादन तथा व्यवसायिक क्रियाकलापहरुलाई विशेष जोड दिँदै राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरण गरी समग्र नेपालको सहकारी आन्दोलनलाई अग्रणी दिशामा अगाडि बढाउने उद्देश्यले सम्मेलन हुन लागेको हो ।
सम्मेलन गत वर्ष फागुन ३० र चैत १ गते हुने तयारी भएको थियो । तर, कोरोना भाईरसको संक्रमणका कारण सम्मेलन स्थगित गरिएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी पीडितलाई न्याय दिलाउन बचत फिर्ता अभियानको शुभारम्भ: मुख्यमन्त्री बानियाँ
३० असार २०८३, मंगलवार
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार