३० असार २०८३, मङ्गलबार

‘नेपाल सहकारी बैंक’ दर्ताका विषयमा महासंघको बोर्ड बैठकमा छलफल

२०७७ चैत ५, बिहिबार
‘नेपाल सहकारी बैंक’ दर्ताका विषयमा महासंघको बोर्ड बैठकमा छलफल

काठमाडौं : प्रस्तावित नेपाल सहकारी बैंक लिमिटेडको विषयमा राष्ट्रिय सहकारी महासंघमा छलफल भएको छ ।

बिहीबार बसेको महासंघको सञ्चालक समितिको बैठकमा बैंक दर्ताको विषयमा छलफल भएको हो ।

सहकारी नियमावली २०७५ अनुसार सहकारी बैंक गठन गर्दा राष्ट्रिय सहकारी महासंघको सिफारिस आवश्यक पर्छ । प्रस्तावित नेपाल सहकारी बैंकले तर्दश समिति बनाई दर्ताको लागि फागुन २५ गते सहकारी विभागमा फाईल पेश गरेको थियो ।

सहकारी विभागले बैंक दर्ताको लागि महासंघसँग सिफारिस माग गरेपछि आजको बैठकमा छलफल भएको हो । आज भएको छलफलले सिफारिस भने दिएको छैन । बैंकका विषयमा थप छलफल गर्ने महासंघका अध्यक्ष मिनराज कंडेलले जानकारी दिनुभयो ।

सहकारी विभागले नेपाल राष्ट्र बैंकलाई पनि पत्राचार गरिसकेको छ । बैंक दर्ताको लागि नेपाल राष्ट्र बैङ्कको पनि पूर्व स्वीकृति आवश्यक पर्दछ ।

अभिलेख

लोकप्रिय