अध्यक्ष स्वयंमले पैसा चलाउँदा डुब्यो गुडविल सहकारी, सदस्यको रुवाबासी
काठमाडौं : ललितपुरको कुमारीपाटी स्थित गुडविल बचत तथा ऋण सहकारी संस्थामा सदस्यले जम्मा गरेको बचत अध्यक्ष स्वयंमले चलाएको प्रारम्भिक अध्ययनले देखाएको छ । प्रारम्भिक अध्ययन अनुसार संस्थामा सदस्यहरुको ७० करोडको हाराहारीमा बचत छ । उक्त रकम मध्ये अधिकांश रकम अध्यक्ष दिवाकर श्रेष्ठले चलाएका छन् ।
संस्थामा अध्यक्ष श्रेष्ठ नै कार्यकारी प्रमुख थिए । संस्थाका अधिकांश सञ्चालक सहकारी के हो ?, र कसरी चल्छ भन्ने विषयमा जानकार छैनन् । स्रोतका अनुसार संस्थाका अधिकांश कर्मचारी सहकारीका सञ्चालक छन् । संस्थाको लगानी कहाँ कति छ?, बचत कति जम्मा भएको छ? लगायतको सम्पूर्ण हिसाब हेर्ने जिम्मा पाएका एक कर्मचारीको मृत्यु भैसकेको छ । उक्त कर्मचारीले केही महिना अधि मात्र आत्महत्या गरेको थियो ।
१८ प्रतिशतसम्म ब्याज दिने प्रलोभनमा संस्थाले सर्वसाधरणबाट निक्षेप संकलन गरेको थियो । संस्थामा भक्तपुर निवासी एक सदस्यको ९ करोड रुपैयाँसम्म फसेको छ । संस्थाका अध्यक्ष यतिबेला सम्पर्कमा छैनन् । संस्थाका उपाध्यक्ष र केही सञ्चालक भने सम्पर्कमा आएका छन् तर, उनीहरु संस्थाका बारेमा अनविज्ञ छन् ।
समस्या समाधानका लागि बचत संघको पहल
ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले समस्या समाधानका लागि पहल थालेको छ । मंगलबार सदस्यहरुलाई संघमा बोलाएर समस्या समाधानका लागि औपचारिक पहल सुरु गरेको छ । उक्त संस्था जिल्ला बचत संघको सदस्य पनि हो । मंगलबार संघमा भएको भेलाले बचतकर्ताहरुबाट ६ सदस्यीय कार्यदल बनाएको छ । उक्त कार्यदलले समस्या समाधानका लागि ललितपुर महानगरपालिका सहकारी शाखालाई समेत अवगत गराएको छ ।
आज कार्यदल, संस्थाका सञ्चालक, सदस्य, नियामक निकाय र बचत संघका सञ्चालकहरुबीच छलफल हुँदै छ । उक्त छलफलले समस्या समाधानको पहल गरिने बचत संघका अध्यक्ष रामहरि बजगाईले जानकारी दिनुभयो । संस्थाको हिसाब किताब हेरर समस्या समाधानको पहल गरिने उहाँले बताउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
