सदस्यलाई प्रविधिमा जोड्दै साहस सहकारी, अब सदस्यले घरबाटै बचत गर्न सक्ने
२०७७ चैत ३, मङ्गलबार
काठमाडौं : काठमाडौं महानगरपालिका–१६ गीताञ्जली, नयाँबजारमा रहेको साहस बचत तथा ऋण सहकारी संस्थाले ईसेवा सँग सहकार्य गरी सदस्यलाई प्रविधिमा जोडेको छ ।
संस्थाको सेवालाई प्रभावकारी, सरल र सहज बनाउने उद्देश्यले ईसेवासँग सहकार्य गरेको हो । अब संस्थाका सदस्यले बचत, ऋणको ब्याज, किस्ता ईसेवाबाट भुक्तानी गर्न सक्नेछन् ।
संस्थामा रहेको जुनसुकै खातामा बचत गर्न कार्यालयसम्म पुग्नु पर्दैन भने किस्ता र ब्याज बुझाउन पनि थप सहज भएको छ । संस्था र सदस्यहरु सँगको कारोबारलाई प्रविधिमैत्री बनाउने प्रयास स्वरुप यस्तो सेवा सुरु गरेको संस्थाका अध्यक्ष बलराम पाठकले जानकारी दिनुभयो ।
साहस साकोसले सदस्यलाई प्रभावकारी वित्तीय प्रदान गर्नुका साथै सामाजिक कार्यमा समेत योगदान गर्दै आएको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी पीडितलाई न्याय दिलाउन बचत फिर्ता अभियानको शुभारम्भ: मुख्यमन्त्री बानियाँ
३० असार २०८३, मंगलवार
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार