३० वर्षका लागि १४ रोपनी जग्गाको लिज सम्झौता सहकारी विकास बोर्डद्वारा भंग
२०७७ चैत १, आईतवार
काठमाडौं : राष्ट्रिय सहकारी विकास बोर्डले सीजी डेभलपर्सलाई दिएको जग्गाको लिज सम्झौता भंग गरेको छ ।
ललितपुर महानगरपालिका वडा नम्बर ३ पुल्चोकस्थित बोर्ड कार्यालय परिसरमा रहेको १४ रोपनी जग्गा सस्तो मूल्यमा दिएको भन्दै विरोध भएको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङेको अध्यक्षतामा शुक्रबार बसेको बैठकले सीजीलाई ३० वर्षका लागि १४ रोपनी जग्गा लिजमा दिने सम्झौता भंग भएको हो ।
बोर्डले २०७१ साल माघ ४ गते सीजी डेभलपर्सलाई लिजमा दिएको थियो । सीजीले सम्झौता बमोजिम नक्सा पास नगरी जग्गा ओगटेरमात्रै राखेन, कबुल रकम पनि दिएन । ‘जसले हालसम्म बोर्डलाई करोडौं रकम घाटा भएको छ,’ बोर्डको निर्णयमा भनिएको छ ।
सम्झौताको पालना गर्न पटक पटक ताकेता गर्दा पनि अटेर गरेपछि बोर्ड सम्झौता भंग गर्न बाध्य भएको बताइएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी पीडितलाई न्याय दिलाउन बचत फिर्ता अभियानको शुभारम्भ: मुख्यमन्त्री बानियाँ
३० असार २०८३, मंगलवार
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार