तर्कपूर्ण प्रस्ताव वा सुझाव लिएर आउन सहकारी अभियानलाई रजिष्ट्रार शर्माको आग्रह
काठमाडौं : सहकारी विभागका रजिष्ट्रार लिलाप्रसाद शर्माले सहकारीको विकास र प्रवर्द्धनका निम्ति गर्नुपर्ने कामको स्पष्ट खाका लिएर आए विभागले त्यसलाई कार्यान्वयन गर्ने बताउनुभएको छ । त्यसका लागि तर्कपूर्ण प्रस्ताव वा सुझाव लिएर आउन समेत सहकारी अभियानलाई आग्रह गर्नुभएको छ । नेपालको संविधानले अर्थतन्त्रका तीन मध्ये एक खम्बाको रुपमा सहकारीलाई लिएको र नीतिगत एवं कानुनमा समेत व्यवस्था भएकाले अर्थतन्त्रलाई सबल बनाउनतर्फ सहकारी उन्मुख हुनुपर्ने बताउनुभयो ।
सहकारी पत्रकार समाजले आयोजना गरेको सहकारी पत्रकारिता तालिमको समापनका अवसरमा बोल्दै उहाँले सम्भावना भएका नयाँ क्षेत्रको पहिचान गरेर अर्थतन्त्रलाई माथि उठाउन सहकारी लाग्नु पर्ने धारणा राख्नुभयो । कोभिड १९ पछि देशको अर्थतन्त्रका मुख्य इण्डिकेटरहरु ओरालो लागेको अवस्थामा सहकारीले होटल व्यवसाय, कृषि, अस्पताल, शिक्षा जस्ता क्षेत्रमा जोडिएर काम गरे अर्थतन्त्र पूर्ववत् अवस्थामा आउन समय नलाग्ने बताउनुभयो ।
एकल फाइदा भन्दा पनि सामुहिक हितका लागि सहकारीको उपयोग गर्नुपर्नेमा उहाँको जोड थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी पीडितलाई न्याय दिलाउन बचत फिर्ता अभियानको शुभारम्भ: मुख्यमन्त्री बानियाँ
३० असार २०८३, मंगलवार
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार