सहकारी संस्थाले अटेरी गरे : रजिष्ट्रार शर्मा
काठमाडौं : सहकारी विभागका रजिष्ट्रार लिलाप्रसाद शर्माले सहकारी संस्थाहरुले सरकारले ल्याएको कार्यक्रममा अटेरी गरेको बताउनुभएको छ । सहकारी तथा गरिवी सम्बन्धि व्यवस्थापन सूचना प्रणाली (कोपोमिस)मा आवद्ध हुने सहकारी कम भएको प्रसंगमा यस्तो बताउनुभएको हो ।
कोपोमिसमा आवद्ध हुन सरकारले विगत लामो समयदेखि सहकारीलाई आव्हान गरेको भएपनि यसप्रति सहकारीले अटेरी गरेको बताउनुभयो । अनिवार्य रुपमा छिटो आवद्ध हुन रजिष्ट्रार शर्माले आग्रह गर्नुभएको छ ।
नेपाल सहकारी पत्रकार समाज (सिजेएन)ले काठमाडौंको लप्सिफेदीमा आयोजना गरेको तालिम कार्यक्रमको समापन गर्नुहुँदै रजिष्ट्रार शर्माले सरकार, अभियान र सदस्यहरु बीचको सहकार्य हुन सके मात्र यस क्षेत्रले विकास गर्ने बताउनुभयो ।
सहकारी क्षेत्रको सुचना, तथ्यांकहरुलाई नियमित, विश्वसनिय, वास्तविक बनाई व्यवस्थापन सूचना प्रणालीमा आधारित अनुगमन,नियमन पद्धति स्थापित गर्न तयार गरिएको आधुनिक सूचना प्रणाली नै कोपोमिस हो
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
किसान कल्याण साकोसद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
बुडोल सामुदायिक सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
विपदमा जनसचेतन सहकारीको साथ : राहत कोषमा २ लाख ५५ हजार ५५५ रुपैयाँ
१५ भाद्र २०८३, सोमबार