सहकारी र सञ्चार एक अर्काका परिपुरक : अध्यक्ष कंडेल
काठमाडौं : नेपाल सहकारी पत्रकार समाज (सिजेएन) र सहकारी विभागको संयुक्त आयोजनामा काठमाडौंको लप्सेफेदीमा २ दिने सहकारी पत्रकारिता सुरु भएको छ ।
तालिमको उद्घाटन गर्दैै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले सहकारी र सञ्चार एक अर्काको पुरक रहेको बताउनुभयाे । अर्थतन्त्रमा सहकारीको योगदान बढाउन सञ्चार र सहकारीको सहकार्य हुन अपरिहार्य भइसकेको उहाँले बताउनुभयाे । तालिमले सहकारीको गुणात्मक र स्तरीय समाचार सम्प्रेषणमा सघाउ पुग्ने अध्यक्ष कँडेलले बताउनुभयाे ।
सहकारी सिष्टममा नचल्दा समस्याग्रस्त हुने गरेको उहाँको भनाई छ । सहकारी सिस्टममा चल्न सके मात्र सहकारीबाट आर्थिक रुपान्तरण संभव हुने बताउनभयाे । सहकारीले उत्पादन र गरिबी निवारणमा महत्वपूर्ण टेवा पुर्याएको उहाँले बताउनुभयाे ।
ऐनले उत्पादन र बजारीकरणमा सहकारी क्रमश जोडिदै गएको उहाँको भनाइ छ । देशभकार ५ सय भन्दा बढी सहकारी उत्पादनमा प्रत्यक्ष काम गरिरहेको उहाँले बताउनुभयाे ।
ऐनले उत्पादन, बजारीकरण लगायत विविधि क्षेत्रमा सहकारीलाई काम गर्ने अवसर दिएकाले सहकारीहरु पछिल्लो समयमा उत्साहित भएर लगानी गरिरहेको बताउनुभयाे । अध्यक्ष कँडेलले सहकारीले विशिष्टकृत सहकारी संघमार्फत कृषि, आवास लगायतका क्षेत्रमा काम गरिरहेका छन् । आधा दर्जनभन्दा बढी विशिष्टकृत सहकारी संघ दर्ता भएर विविध क्षेत्रमा काम गरिरहेको उनले बताउनुभयाे ।
दुई दिनसम्म सञ्चाले हुने तालिममा नेपालमा सहकारीको अवस्था र अन्तर्राष्ट्रिय अभ्यासमा राजेन्द्र पौड्याल, नेपालमा सहकारी पत्रकारिता र यसको भविष्य यादव हुमागाई, पत्रकारितामा शुद्धता र न्यू मिडियामा बसन्त बस्नेत, मेमोरी पावर र मेटिभेसनलका विषयमा अनन्तराम केसीले प्रशिक्षण दिनु हुनेछ ।नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष खिलानाथ दाहालको अध्यक्षतामा सुरु भएको तालिममा निवर्तनमान अध्यक्ष डिल्लीप्रसाद सापकोटाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सचिव तुलसी सुवेदीले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत उपाध्यक्ष काजी श्रेष्ठले गर्नुभएको थियो ।
सिजेएनले सरोकारवाला निकायको सहकार्यमा पत्रकारिता तालिम, अध्ययन, अवलोकन भ्रमण र अन्तरक्रिया कार्यक्रम गर्दै आएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी पीडितलाई न्याय दिलाउन बचत फिर्ता अभियानको शुभारम्भ: मुख्यमन्त्री बानियाँ
३० असार २०८३, मंगलवार
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार