कृषिमा विदेशी लगानी : सहकारी क्षेत्रको पनि विरोध
काठमाडौं : कृषि क्षेत्रमा वैदेशिक लगानी खुला गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै ‘कृषिमा वैदेशिक लगानी खुला विरुद्ध सङ्घर्ष समिति’ले उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवसमक्ष ज्ञापनपत्र बुझाएको छ।
नेपाल अण्डा उत्पादक सङ्घ, राष्ट्रिय कृषक समूह महासङ्घ, नेपाल डेरी एशोसिएशन, केन्द्रीय पशुपक्षीपालन सहकारी सङ्घ लिमिटेड, डेरी उद्योग सङ्घ, कृषि बीउ तथा तरकारी समूह नेपाल, चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ, मौरीपालक महासङ्घ, नेपाल कुखुरापालक सङ्घ, चितवन केरा उत्पादक सङ्घ र राष्ट्रिय कृषक समूह महासङ्घका पदाधिकारी सम्मिलित समितिका प्रतिनिधिले आज सभापति श्रीवास्तवसमक्ष ज्ञापनपत्र बुझाउँदै सरकारी निर्णय फिर्ताका निम्ति प्रयास गरिदिन आग्रह गरेको हो।
नेपालको कृषि क्षेत्रमा विदेशी लगानी खुला गर्दा खाद्य सुरक्षा कमजोर हुने, नेपाली बजारमा विदेशी लगानीकर्ताको एकाधिकार सिर्जना हुने, बजारमा बाह्य नियन्त्रण बढ्नेलगायत गुनासो समितिले गरेको छ।
संवेदनशील क्षेत्र कृषिमा विदेशी लगानी ल्याउँदा नेपालको सामाजिक, आर्थिक, राजनीतिक, सुरक्षालगायत अन्य क्षेत्रमा प्रतिकूल असर पर्ने तर्क गर्दै उनीहरूले सार्वभौम संसद्लाई आवश्यक नीति बनाउन र कृषिमा वैदेशिक लगानी हुन नदिने प्रावधानको व्यवस्था गर्न अनुरोध गरेको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा नेचुरल साकोसको साथ, दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार सहयोग
१४ भाद्र २०८३, आईतवार
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार