सर्वसुलभ उच्च प्रविधियुक्त नगदरहित सेवा विस्तार गर्दै विकू
गैंडाकोट : सहकारी क्षेत्रमा उच्च प्रविधियुक्त सेवा प्रवाह गर्दै आईरहेको विकू बचत तथा ऋण सहकारी संस्थाले नेपाल भरी पहिलो पटक विकू स्मार्ट बैंकिङ् एप्लिकेशनमार्फत क्यूआर काेड स्क्यान गरी भुक्तानी सेवा विस्तार गरेको छ ।
अब नेपालभर सर्वसुलभ रुपमा विकू स्मार्ट बैंकिङ् एप्लिकेशनबाट क्यूआर काेड स्क्यान गरी सेवा लिन सकिनेछ । साथै अन्य बैंक तथा वित्तिय संस्थाको स्मार्ट बैंकिङ् एप्लिकेशन प्रयोग गरेर पनि सेवा प्राप्त गर्न सकिने संस्थाले जनाएको छ । संस्थामा आबद्ध शेयर सदस्यहरुलाई वस्तु तथा सेवाको खरिद, बिक्रीमा नगदरहित सेवा प्रदान गर्ने उद्देश्यले व्यावसाय गर्ने सदस्यहरुलाई क्यूआर काेड वितरण गरिएको हो ।
स्मार्ट विकुको परिकल्पना सहित संस्थाले यस अघि नै एटीएम, माेबाईल बैंकिङ र एसएमएस मार्फत नगद रहित सेवा प्रदान गर्दै आईरहेको छ । साथै स्मार्ट बैंकिङमार्फत सेवा प्रयोग गर्दा सरल, सुरक्षित र सदस्यको समय समेत बचत हुने संस्थाले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आईस्मार्ट चौथो वर्षमा प्रवेश, थप तीन गुणा फिचरसहित भर्सन २.० सार्वजनिक
१८ बैशाख २०८३, शुक्रबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी
१७ बैशाख २०८३, बिहीबार
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार