चन्द्रागिरि साकोसका सञ्चालकलाई क्षमता अभिबृद्धि तालिम
काठमाडौं : चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाका नवनिर्वाचित सञ्चालक र लेखा सुपरिवेक्षण समितिको लागि क्षमता अभिबृद्धि तालिम सुरु भएकाे छ । चितवनको साैरहामा आजदेखि सुरु भएकाे तालिम २४ गतेसम्म सञ्चालन हुनेछ ।
संस्थाका अध्यक्ष योगेन्द्रकुमार कुँवरले तालिमले सञ्चालकहरुको क्षमता विकास गरी संस्थाका सदस्यहरुलाई थप प्रभावकारी र सुविधाजनक सेवाहरु प्रवाह गर्न आवश्यक ज्ञान र सीप प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
संस्थामा हाल १३ हजार सदस्य र २ अर्ब ३४ करोडको कुल सम्पत्ति सहित विशुद्ध रुपमा समुदायमा आधारित सहकारीको रुपमा गुणस्तरीय सेवा प्रदान गरिरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले बताउनुभयो ।
नेफ्स्कुनका तालिम विभागका प्रमुख एवं प्रचार्य गणेश प्रसाद तिमल्सिना र बरिष्ठ तालिम अधिकृत बल्लभ तिमल्सिनाले उक्त ५ दिवसीय तालिममा प्रशिक्षण गर्नु हुनेछ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
कोअपरेटिभ म्यानेजर्स क्लव, स्याङ्जाको अध्यक्षमा शिव वाग्ले
३० बैशाख २०८३, बुधबार
सहकारी मन्त्रालयका सचिव भुजेललाई प्राधिकरण अध्यक्षको जिम्मेवारी
३० बैशाख २०८३, बुधबार
सहकारी पत्रकारितामा दक्षता बढाउन बागमती प्रदेशका ४० पत्रकार एकै ठाउँमा
२८ बैशाख २०८३, सोमबार