चन्द्रागिरि साकोसका सञ्चालकलाई क्षमता अभिबृद्धि तालिम

काठमाडौं : चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाका नवनिर्वाचित सञ्चालक र लेखा सुपरिवेक्षण समितिको लागि क्षमता अभिबृद्धि तालिम सुरु भएकाे छ । चितवनको साैरहामा आजदेखि सुरु भएकाे तालिम २४ गतेसम्म सञ्चालन हुनेछ ।
संस्थाका अध्यक्ष योगेन्द्रकुमार कुँवरले तालिमले सञ्चालकहरुको क्षमता विकास गरी संस्थाका सदस्यहरुलाई थप प्रभावकारी र सुविधाजनक सेवाहरु प्रवाह गर्न आवश्यक ज्ञान र सीप प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
संस्थामा हाल १३ हजार सदस्य र २ अर्ब ३४ करोडको कुल सम्पत्ति सहित विशुद्ध रुपमा समुदायमा आधारित सहकारीको रुपमा गुणस्तरीय सेवा प्रदान गरिरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले बताउनुभयो ।
नेफ्स्कुनका तालिम विभागका प्रमुख एवं प्रचार्य गणेश प्रसाद तिमल्सिना र बरिष्ठ तालिम अधिकृत बल्लभ तिमल्सिनाले उक्त ५ दिवसीय तालिममा प्रशिक्षण गर्नु हुनेछ ।
अभिलेख
लोकप्रिय


वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवारRecent Posts

सहकारी चलाउनेहरुलाई नै सहकारीप्रति विश्वास छैन
३० बैशाख २०८२, मंगलवार

सहकारी ऐन बमोजिम कर लागू गर्न अध्यक्ष मल्लद्वारा सुझाव पेश
२८ बैशाख २०८२, आईतवार