शुक्लागण्डकी नगरपालिकामा सहकारीमा सुशासन गोष्ठी
तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका भित्रका सहकारीकर्मीहरुलाई सहकारी सुशासन सम्बन्धमा जानकारी दिने उदेश्यका साथ एक दिने सहकारीमा सुशासन सम्बन्धी गाष्ठी मंगलवार सम्पन्न भएको छ ।
सहकारी रजिष्ट्रार कार्यालय पोखरा, शुक्लागण्डकी नगरपालिका र राष्ट्रिय सहकारी बैंक दमौली शाखाको संयुक्त आयोजनामा तनहुँको दुलेगौडामा आयोजित कार्यक्रमका सहकारीको योगदान बढाउनका लागि सुशासन निर्माणमा जोड दिएका हुन् ।
सहकारीलाई सुशासनयुक्त बनाउनका लागि सहकारी ऐन, नियमावली, विनियम र कार्यविधिका आधारमा सहकारीहरु सञ्चालन गर्ने, सञ्चालक, कर्मचारी र शेयर सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गरी सहकारीको मूल्य मान्यता र आदर्शका आधारमा काम गर्नु पर्नेमा सहभागीहरुले जोड दिएका छन् ।
कार्यक्रममा गण्डकी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार उदय बहादुर पराजुलीले सहकारीमार्फत जनताको आर्थिक, सामाजिक जीवनस्तर थप प्रभावकारी बनाउनका लागि सहकारी मूल्य, मान्यता र सिद्धान्त तथा ऐन कानुनको परिपालनामा जोड दिनुभयो । सहकारीको प्रवद्र्धनका लागि प्रदेश सहकारी रजिष्ट्रार कार्यालय सदैव तत्पर रहेको र सबैसंग समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकको अवस्था र आगामी योजनाका बारेमा बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसी, सुशासन र सहकारी सम्बन्धमा सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराका अधिकृत सागर खनाल, शुक्ला गण्डकी नगरपालिकाको सहकारी ऐन सम्बन्धमा पालिकाका सूचना प्रविधि शाखाका प्रमुख त्रिलोचन लम्सालले तथा सम्पत्ती शुद्धिकरण सम्बन्धमा जिल्ला सहकारी संघ तनहुका अध्यक्ष श्रीप्रसाद भट्टराईले सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका निमित्त प्रमख प्रशासकीय अधिकृत नवराज पण्डितले स्थानीय तहमा सहकारी ऐन नियम प्रभावकारी कार्यान्वयनका लागि सबैको सहयोग र समन्वय आवश्यक रहेको बताउनुभयो ।
शुक्लागण्डकी नगरपालिका भित्र सञ्चालनमा रहेका सहकारीका अध्यक्ष तथा प्रवन्धकहरु गरी ५० जना सहकारीकर्मीहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन राष्ट्रिय सहकारी बैंक तनहुँ शाखाका प्रमुख उपेन्द्र दाहालले गर्नुृ भएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
जिल्ला सहकारी संघ काठमाडौंको २६औं साधारण सभा सम्पन्न
१ माघ २०८२, बुधबार
सहकारी अभियन्ता सुदिप ढकाललाई ‘पोखरा रोयल सहकारी संस्थापक अध्यक्ष पुरस्कार’
२९ पुष २०८२, मंगलवार
सहकारीले पनि पाँच लाखभन्दा बढीको नगद कारोबार गर्न नपाउने, धमाधम सूचना जारी
२९ पुष २०८२, मंगलवार