मित्र मिलन साकोसद्वारा पोखरामा पहिलोपटक क्युआर कोड सेवा सुरु
पोखरा : पोखरा-९ नयाँ बजारमा मुख्य कार्यालय रहेको मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाले पोखरामै पहिलो पटक क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ । संस्थाले आईतबारबाट क्यूआर कोड सेवा सुरु गरेको हो ।
संस्थाले फोनपे सँगको सहकार्यमा क्यूआर कोड सेवा सुरु गरेको हो । नगदरहित कारोबारलाई जोड दिदैं संस्थाले क्यूआर कोड सेवा सुरु गरेको संस्थाका अध्यक्ष रमण पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा ई सेवाका पोखरा शाखा प्रमुख विनोद बोहोराले फोनपे क्यूआर मार्फत मित्र मिलन सहकारीका ३५०० सदस्यहरुले यो सुविधा लिन सक्ने बताउनुभयो । सहकारीले सुरु गरेको प्रविधिमैत्री क्यूआर कोड सेवाले सहकारीका सेवाग्राहीलाई नगद झिक्न चेक र एटिएम कार्ड बोक्ने झण्झटबाट मुक्ति दिने सहकारीका उपाध्यक्ष विजय लम्सालले बताउनुभयो । उपाध्यक्ष लम्सालले क्युआर कोड सेवा छिटो,सजिलो,सरल र सुलभ भएकाले सेवाग्राही लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रविधि मैत्री र नगद रहित कारोबारलाई प्रोत्साहन गर्ने उद्येश्यले यो सुविधा प्रदान गरेको सहकारीका प्रमुख कार्यकारी अधिकृत किरण अधिकारीले बताउनुभयो । अधिकारीले सहकारीबाट छिटै ई टेलर सुविधा पनि प्रदान गर्ने तथा निकट भविष्यमानै नयाँ नयाँ प्रविधिलाई आत्मसाथ गर्दै सहकारीलाई अघि बढाउने बताउनुभयो । क्यु आर कोड सुविधा प्रदान गरेपछि सहकारी संस्थाका सदस्यहरुले नेपालभरी रहेका जुनसुकै फोनपे क्युआरमा सहकारीको मोवाईल एप मार्फत भुक्तानी लिन दिन सक्नेछन् ।
संस्थाले सदस्यहरुलाई मोवाईल एपमार्फत् विजुली, टेलिफोन, ईन्टरनेट, खानेपानी, ईन्सुरेन्सको विल भुक्तानी गर्ने, मोवार्एलमा ब्यालेन्स रिचार्ज गर्ने, रकम राखेको झिकेको जानकारी पाउने सेवा प्रदान गर्दै आएको छ ।
यस्तै खाताको स्टेटमेन्ट हेर्ने, ब्यालेन्स हेर्ने, चेक अनुरोध तथा रद्य गर्ने, सहकारीको खाताबाट जुनसुकै बैंकमा रकम टान्सफर गर्ने, ईसेवा, खल्ती वालेटमा लोड गर्न मिल्ने, हवाई टिकट बुक गर्न मिल्ने, संस्थाको बारेमा सुचना जानकारी प्राप्त गर्ने साथै संस्थालाई सल्लाह सुझाव एवं प्रतिक्रिया दिन सकिने सुविधा प्रदान गर्दै आएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रले उत्पादनमा महत्त्वपूर्ण योगदान दिए पनि नीतिगत अवरोध कायम
१० असार २०८३, बुधबार
सहकारीमा महिलाको सहभागिता उच्च, तर नेतृत्व तहमा उपस्थिति अझै न्यून
७ असार २०८३, आईतवार