नीतिगत बाधाका कारण सहकारीबाट उद्यम गर्न समस्या छ : सागर ढकाल
काठमाडौं : राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा युवा समन्वय उपसमितिका संयोजक सागर ढकालले नीतिगत समस्याका कारण सहकारीबाट उद्यम गर्न समस्या रहेको बताउनुभएको छ ।
राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको ‘सहकारीमा युवा समावेशिता’ विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै सञ्चालक ढकालले विभिन्न ऐन, नियमहरु बाधक रहेकाले सहकारीले सहज तरिकाले व्यवसाय गर्न कठिन भएको बताउनुभयो ।
सरकारले तीन खम्बे अर्थनीतिमा सहकारी समावेश भएपनि सहकारीमार्फत रोजगारी सिर्जना गर्न कठिन रहेको उहाँको धारणा थियो । राज्यको तर्फबाट सहजीकरण गरे मात्रै सहकारीको उद्यम बढ्ने उहाँको भनाई थियो । नेपालको युवा जनशक्ति विकासका लागि अनुकुल रहेपनि स्वदेशमा अवसर नपाएर विदेश पलायन हुने बाध्य भएको उहाँको भनाइ छ ।
श्रमशक्ति पलायन नकारात्मक सूचक भएको भन्दै बाध्यात्मक अवस्थामा जाने श्रमिकलाई स्वदेशमै रोजगारी दिएर रोक्न सक्नुपर्ने बताउनुभयो । सीपमूलक व्यवसायिक शिक्षा दिन सके स्वदेशमै रोजगारी बढ्नुका साथै सीप सिकेर गएमा रेमिट्यान्स पनि बढ्ने उहाँको भनाई थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार