अब सहकारीलाई व्यवसाय गर्न बाधा अड्चन हुँदैन : मन्त्री प्रेमबहादुर आले
२०७७ फागुन १७, सोमबार

काठमाडौं : सहकारीसँग बाझिएका ऐन, कानुन संशोधन हुने वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले बताउनुभएको छ । सहकारीमार्फत व्यवसाय गर्न विभिन्न ऐन बाधक देखिएको भन्दै त्यसलाई फुकाउन सरकार क्रियाशील रहेको धारणा उहाँले राख्नुभयो ।
राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको ‘सहकारीमा युवा समावेशिता’ विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै मन्त्री आलेले सहकारीसँग बाझिएका ४७ वटा ऐन संशोधन गर्न सरकार तयार भएको बताउनुभयो ।
संमृद्व नेपाल, सुखी नेपाली अभियान सार्थक बनाउन सहकारीको भूमिका महत्वपूर्ण हुने भएकाले सरकारले सहकारीलाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो । ‘अब सहकारीलाई व्यवसाय गर्न बाधा अड्चन हुने छैन’ उहाँले भन्नुभयो, ‘समस्या समाधान गर्नतर्फ सरकार अघि बढ्छ । सहकारीमार्फत उद्योग, शिक्षा तथा विकास निर्माण गर्न आवश्यक नीतिगत व्यवस्था गरिने छ ।’
अभिलेख
लोकप्रिय


वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवारRecent Posts

सहकारी पीडितको कथामा आधारित चलचित्र ‘महाभोज’ को दर्शकद्वारा व्यापक प्रशंसा
२८ जेष्ठ २०८२, मंगलवार
सहकारी बैंक र कृषि तथा पशुपन्छी विकास मन्त्रालय बीच कृषि कर्जामा ब्याज अनुदान सम्झौता
२७ जेष्ठ २०८२, सोमबार
सहकारी नियामकीय मापदण्ड-२०८२ संशोधनका लागि पहल गर्न महासंघद्वारा कार्यदल गठन
२० जेष्ठ २०८२, सोमबार