समस्याग्रस्त सोसाइटल र लुनिभाका सदस्यले बचत फिर्ता पाउँदै, ओरेण्टलको जिम्मा विभागलाई

काठमाडौं : समस्याग्रस्त घोषित काठमाण्डौका दुई सहकारी संस्थाका बचतकर्ताले रकम फिर्ता पाउने भएका छन् ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सोसाइटल बचत तथा ऋण सहकारी संस्था र लुनिभा बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया अगाडि बढाएको छ । ती संस्थाका सञ्चालक समिति र ऋणीहरुबाट करिब २ करोड रुपैया रकम असुल भएको र सोही रकम पीडित बचतकर्तालाई फिर्ता गर्न लागिएको समितिका सदस्यसचिव केशव प्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार आइतबारबाट बचत फिर्ता गरिँदैछ । पहिलो चरणमा ५० हजार रुपैयासम्म जम्मा गरेका साना बचतकर्तालाई रकम फिर्ता गरिने भएको छ । संकलित रकम तिनै साना बचतकर्तालाई फिर्ता गरिने पौडेलले जनाए । त्यसैगरी दोश्रो चरणमा बिरामी तथा ज्येष्ठ नागरिक र तेश्रो चरणमा ठूला बचतकर्ताको रकम फिर्ता गर्दै जाने उनले बताए । समितिले ती संस्थासँग आवद्ध सञ्चालक समिति, बचतकर्ता र ऋणीसँग अन्तक्रिया गरेर मागदावी समेत संकलन गरिसकेको छ ।
सञ्चालकले अधिक ब्याजदरको प्रलोभन देखाएर सर्वसाधारणबाट बचत संकलन गरी विभिन्न व्यक्तिको नाममा जग्गा खरिद गरिएको अनुसन्धानका क्रममा खुल्न आएको छ । समितिले बचतकर्ता र ऋणीकै सहभागितमा सञ्चालक समिति र उनीहरुका नातेदारका नाममा भएको जग्गाजमीन पत्ता लगाई रोक्का समेत गरेको छ । त्यसै अचल सम्पत्तिलाई बिक्री गरी क्रमशः पीडितको बचत फिर्ता गर्दै जाने योजना समितिले बनाएको छ । समितिले सञ्चलाक र ऋणीहरुलाई रकम चुक्ताका लागि पत्राचार गरिएको र दिइएको समयभित्र रकम चुक्ता गर्न आलटाल गरे सम्पत्ति लिलाम गरेर बचतकर्तालाई रकम उपलब्ध गराउने तयारी गरेको छ । समितिले स्थानीय तहमा गएर लिलामीका लागि मुल्यांकन समेत गरेर आइसकेको जनाएको छ ।
पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन भएको कार्यदलले १३१ वटा संस्थालाई समस्याग्रस्त पहिचान गरी सरकारलाई प्रतिवेदन बुझाएको थियो । सहकारी ऐन २०७४ जारी भएपछि पहिलोपटक २०७४ साल कात्तिक ७ गते ओरेण्टल सहकारीलाई सरकारले समस्याग्रस्त संस्थाको रुपमा घोषणा गरेको थियो । त्यसैगरी २०७५ असारमा ९ वटा र २०७५ फागुनमामा सोसाइटल र २०७६ साउनमा लुनिभालाई समस्याग्रस्त घोषित गरेको थियो ।
सोसाइटलका २४० बचतकर्ताले ९ करोड ७८ लाख ४२ हजार साँवा र लुनिभाका २१४ बचतकर्ताले १३ करोड ७३ लाख २९ हजार साँवा रकम मागदावी गरेका छन् । सोसाइटलले साँवाब्याज गरी १० करोड २२ लाख १३ हजार र लुनिभाले २० करोड २९ लाख ४१ हजार सदस्यहरुलाई भुक्तान गर्नुपर्ने देखिन्छ ।
सहकारी ऐन २०७४ को परिच्छेद १८ मा समस्याग्रस्त संस्था वा संघ घोषणा गर्न सकिने व्यवस्था गरिएको छ ।
सर्वाेच्चकाे स्टे अर्डर पछि ओरेण्टलकाे विषय सहकारी विभागले हेर्ने
ओरेण्टल सहकारीले सर्वोच्च अदालतमा रिट हालेको र उक्त रिटको आधारमा सर्वोच्चले समितिलाई ओरेण्टल सम्वद्ध समितिले गरेका सबै कामकारवाही स्थगन परमादेश भएकाले कुनै प्रक्रिया अगाडि बढाउन नसकेको सदस्यसचिव पौडेलले बताए । त्यसलाई निकास दिन सहकारी मन्त्रालयमा छलफल भई समितिमार्फत यसअघि भएका सम्पूर्ण प्रगति र दायित्व सहितको प्रतिवेदन मन्त्रालयलाई बुझाइएको उनले बताए । मन्त्रालयको गत माघ २० गतेको सचिवस्तरीय निर्णयले सहकारी विभागलाई नै ओरेण्टलको समस्या समाधान गर्ने जिम्मा लगाइएको छ । ऋणीबाट उठेको २ करोड ३४ लाख र करिब ३८२ जनाको नाममा रहेको घरजग्गा रोक्का सहितको प्रतिवेदन विभागले बुझेको छ ।
साभार : नेपालपत्र न्यूज
अभिलेख
लोकप्रिय


वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवारRecent Posts

सहकारी चलाउनेहरुलाई नै सहकारीप्रति विश्वास छैन
३० बैशाख २०८२, मंगलवार

सहकारी ऐन बमोजिम कर लागू गर्न अध्यक्ष मल्लद्वारा सुझाव पेश
२८ बैशाख २०८२, आईतवार