सहकारीबाट म अलग हुन सक्दिन : बडाल
हेटाैंडा : राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष तथा पूर्व मन्त्री केशव बडालले आफू सहकारीबाट बाहिर रहन नसक्ने अभिव्यक्ती दिनुभएको छ । उहाँले आफु पदमा भए पनि नभए पनि सहकारीबाट अलग रहेर बस्न नसक्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘म महासंघमा दुई कार्यकाल अध्यक्ष हुनु अघि सल्लाहकारका रुपमा थिए । त्यस अघि पनि जनताको जीवनस्तर सहकारीमार्फत परिवर्तन गर्न सकिन्छ भनेर सहकारी प्रवद्र्धन गर्दै बस्ती बस्ती हिडिएकै हो । म पदमा भए पनि नभए पनि मेरो मन मस्तिक मुटुमा सहकारी नै सहकारी छ ।’ राष्ट्रिय सहकारी महांघले आयोजना गरेको तीन दिवसीय संचालकको क्षमता अभिबृद्धि तालिमको २०७७ फागुन ६ गते सामना समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो,‘सहकारीको दर्शन, सिद्धान्त, मूल्य, मान्यता, आचरण र कार्यशैली अन्तर हृदयमा रहेकाले यसबाट बाहिर जान सकिन्न ।’
भारतीय श्वेत क्रान्तिका पिता भर्जिग कुरिन र दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलालाई आफ्नो जिवनको आदर्शका रुपमा हेरेको बडालले बताउनुभयो । कुरिनले अमुललाई सहकारीको विश्व चर्चित दुधको ब्राण्डका रुपमा विकास गर्नुभएको थियो ।
कालीकोटीबाट सो तालिममा सहभागी हुनुभएकी दमिला कुमारी शाहीले कवितामार्फत संचालकलाई चालकको विम्ब राखेर कवितामार्फत संचालकको महत्व दर्शाउनुभएको थियो । सहभागी पम्फा न्यौपानेले संचालक समितिले नियमित तालिम लिएको खण्डमा संस्थाको लक्ष्य हासिल गर्न सहगोग पुग्ने बताउनुभयो । तालिमको विषय छनोट प्रभावकारी रहेको र बैठक संस्कार र मूल्यमा अधारित निर्णयको नयाँ विषय सिक्ने अवसर पाएको उदयराज खतिवडाले बताउनुभयो । केस स्टडी, खेलविधि र अडियो भिडियो विधीलाई अझ बढि अवलम्बन गर्न समेत सहभागीले सुझाव दिएका थिए । शैलेन्द्रविक्रम थापाले शान्त वातावरण सिर्जना गरेर महासंघले तालिम संचालन गरेको र नियमित रुपमा संचालकका लागि तालिम संचालन गर्नुपर्ने बताउनुभयो । तालिममा विभिन्न जिल्लाका २४ जना सहकारी संघ/संस्थाका संचालकहरुको सहभागीता रहेको थियो । समापन समारोहमा महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाको उपस्थिति थियो । तालिममा महासंघका महाप्रबन्धक सुब्बा, नायव महाप्रबन्धक बाबुल खनाल, राष्ट्र बैंकका पुर्व निर्देशक श्यामकृष्ण दाहाल, नेफ्स्कूनका पूर्व सिइओ शिवजी सापकोटा, महासंघका अन्तर्राष्ट्रिय समन्वय अधिकृत सुरेश थपालगायतले विभिन्न विषयमा सहजीकरण गर्नुभएको तालिम अधिकृत सुनिता यादवले बताउनुभयो । समापन समारोहको अवसरमा सिकाली बहुउद्देश्यीय सहकारी संस्थाले उत्पादन गरेको खोकनाको भुटेको तोरीको तेल निवर्तमान अध्यक्ष बडालललाई संस्थाका तिर्थराम डंगोलले मायाको चिनो स्वरुप प्रदान गर्दै स्थानीय उत्पादन प्रवद्र्धनमा जोड दिनुभएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
गैरनेपालीसँग कारोबार नगर्न सहकारीलाई काठमाडौं महानगरको निर्देशन
२५ फाल्गुन २०८२, सोमबार
चन्द्रागिरि साकोसमा महिला स्वास्थ्य शिविर
२४ फाल्गुन २०८२, आईतवार
अन्तर्राष्ट्रिय महिला दिवस: उद्यमशील सदस्यलाई सगुन साकोसको सम्मान
२४ फाल्गुन २०८२, आईतवार