कृषकको उत्पादन सहकारीमार्फत बजारमा
रुकुम पूर्व । रुकुम पूर्वको भूमे गाउँपालिकामा रहेको मारिङ बहुउद्देश्यीय सहकारी संस्थाले कृषकको उत्पादनलाई जिल्ला बाहिर पठाउन थालेको छ । विसं २०७५ मा स्थापना भएको यस सहकारीले कृषि सङ्कलन केन्द्रमार्फत कृषि उपजलाई सङ्कलन गरी जिल्ला बाहिर निर्यात गर्न थालेको हो ।
सहकारीले यसै वर्षबाट भूमे गाउँपालिकासँग समन्वय गरी सञ्चालनमा ल्याएको सङ्कलन केन्द्रले कृषकलाई सहज बनाएको छ । अहिले सङ्कलन केन्द्रमा कृषकले सिमी, भटमास, केराउ, कोदो, फापर, टिम्मुर, मसुरा, आलु, बेसार, लसुन, प्याजलगायतका कृषि उपज बिक्री गर्न ल्याउने गरेको सहकारीका व्यवस्थापक सन्दीप अधिकारीले जानकारी दिए ।
कृषकले ल्याएको उपजलाई सहकारीले बाहिरको बजार भन्दा सस्तो मूल्यमा किन्ने गरेको छ भने सिमीको दाललाई कृषकको मागअनुसार चामलसँग साटफेर गर्ने गरेको अधिकारीले बताए । उनका अनुसार एक पाथी सिमीसँग तीन पाथी चामल साटेर गरिंदै आएको छ । यो क्षेत्रमा धान नहुने तर सिमी प्रशस्त मात्रामा हुने भएकाले मानिसले बढी चामलसँग सिमी साटफेर गर्ने गरेको व्यवस्थापक अधिकारीले बताए ।
अहिले सङ्कलन केन्द्रमा जम्मा भएको सबै प्रकारका उत्पादन दाङ, पाल्पा, बुटवल, बागलुङलगायतका क्षेत्रमा निर्यात भइरहेको छ । ती जिल्लाका सहकारीसँग समन्वय गरेर कृषि उपजलाई बाहिर पठाउने काम गरेको सहकारीले जनाएको छ ।
यस्तै काठमाडौँको चन्द्रागिरि र बारा जिल्लाबाट पनि यी सामानको माग आइरहेको सहकारीले जनाएको छ । सहकारीका व्यवस्थापन अधिकारीका अनुसार यहाँको जैविक उत्पादन राम्रो हुने भन्दै बाराबाट चामलसँग सिमी साटफेरको प्रस्ताव आएको छ । बाहिरको मागअनुसारको उत्पादन नभएकाले सबै ठाउँमा पर्याप्त कृषिउपज पु¥याउन नसकिएको उनले बताए ।
रुकुम ९पूर्व० लाई लुम्बिनी प्रदेशले समेत जैविक जिल्ला घोषणा गरिसकेको छ । जैविक जिल्लाको जैविक उत्पादन भनेर अन्य ठाउँबाट यहाँको उत्पादनको माग विस्तारै बढ्न थालेको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताएका छन् । यस्तै गाउँपालिकाले पहिलो प्राथमितामा कृषि क्षेत्रलाई नै राखेको छ । अहिले गाउँपालिकाले मारिङमा कृषि अनुसन्धान केन्द्रसमेत स्थापना गरी जैविक बीउबिजन उत्पादन गरिरहेको गाउँपालिका अध्यक्ष बुढामगरले बताए ।
‘‘जैविक उत्पादनलाई बढवा दिनको लागि रासायनिक मल र विषादीको प्रयोगमा बन्देज लागइएको छ भने कृषकको समस्या समाधानको लागि वडामा कृषि प्राविधिक खटाएको छौँ’, उनले भने । कृषि क्षेत्रबाटै नागरिकको जीवनस्तरमाथि उकास्नको लागि विभिन्न योजना बनाउँदै काम गरिरहेको गाउँपालिकाले मारिङ बहुउद्देश्यीय सहकारी संस्थासँग पनि समन्वय गरेर कृषकको उत्पादनलाई बजारसम्म पु¥याउने व्यवस्था गरेको हो ।
कृषकका उत्पादन सङ्कलनको लागि भने भण्डारण कक्षको अभाव देखिएको छ । सङ्कलन गरिएका सामग्रीमा कहिलेकाहीँ मुसाले पनि क्षति पु¥याउने गरेको छ । सहकारी बजार निर्माण भएपछि बिक्री वितरण गर्न सहज हुने गाउँपालिकाले जनाएको छ । लुम्बिनी प्रदेश सरकारको रु ५० लाख र सहकारीको रु ५० लाख गरी कूल एक करोड रुपैयाँको लगानीमा समग्र जिल्लालाई लक्षित गरी भूमेमा सहकारी बजार निर्माण गरिने भएको छ ।
सहकारी बजार निर्माणको लागि काम पनि शुरु भइसकेको सहकारीका व्यवस्थापक अधिकारीले बताए । सहकारी बजार निर्माण भयो भने जिल्लाभरिको उत्पादनलाई उचित व्यवस्थापन गर्न सकिने अपेक्षा यहाँका तीनवटै स्थानीय तहले गरेका छन् । यस्तै जिल्लाका अन्य सिस्ने र पुथाउत्तरगङ्गा गाउँपालिकाले पनि जैविक जिल्ला निर्माणको आधारलाई टेकेर कृषि क्षेत्रमा लगानी गरिरहेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
जिल्ला सहकारी संघ काठमाडौंको २६औं साधारण सभा सम्पन्न
१ माघ २०८२, बुधबार
सहकारी अभियन्ता सुदिप ढकाललाई ‘पोखरा रोयल सहकारी संस्थापक अध्यक्ष पुरस्कार’
२९ पुष २०८२, मंगलवार
सहकारीले पनि पाँच लाखभन्दा बढीको नगद कारोबार गर्न नपाउने, धमाधम सूचना जारी
२९ पुष २०८२, मंगलवार