‘सहकारी संस्थामा अध्यक्षले कृष्ण र व्यवस्थापकले अर्जुन जस्तो भएर काम गर्नुपर्छ’

काठमाडौं : राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले सहकारीका संचालक तथा अध्यक्षले भगवान कृष्णको जस्तो र व्यवस्थापकले अर्जुनले जस्तो भएर काम गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय सहकारी महासंघद्वारा आयोजित सञ्चालकको क्षमता अभिवृद्धि तालिमको मंगलबार उद्घाटन गर्दै अध्यक्ष कडेलले भन्नुभयो, ‘महाभारत युद्धमा अर्जुनका सारथी कृष्ण थिए । उनले युद्धमा हतियार उठाउनन्, अर्जुनलाई आवश्यक सल्लाह दिए । सहकारीमा पनि व्यवस्थापकको सारथीका रुपमा संचालक रहनुपर्छ ।’
अध्यक्ष कडेलले सहकारी संघ÷संस्थाको सञ्चालकहरु सदस्यहरुले विश्वास गरेको नेता भएकाले उहाँहरुको क्षमता अभिवृद्धि निरन्तर गरिरहुन पर्ने बताउनुभयो । ‘सहकारी संघ÷संस्थाहरुको नेतृत्व लिनु भनेको जिम्मेवार र जवाफदेही हुुनु हो । सदस्यको आर्थिक, सामाजिक रुपान्तरणको नेतृत्व गर्नु सामान्य कुरा होइन,’ उहाँले भन्नुभयो ।
सहकारीमा संचालकको भूमिका स्पष्ट नहुँदा चुनौतीहरुको सामना गर्नुपर्ने भएकाले महासंघले कर्मचारीको क्षमता बृद्धिका साथ साथै संचालकहरुको क्षमता अभिबृद्धिमा समेत फोकस गरेको बताउनुभयो । ‘नेतृत्व लिंदा र हस्तान्तरण गर्दा समेच विचार पु¥याउनु पर्ने भएकाले निरन्तर तालिम, शिक्षा आवश्यक रहन्छ,’ उहाँले बताउनुभयो । साथै उहाँले सहकारी संघ÷संस्थाहरुमा जम्मा भएको पुँजी सञ्चालकको नभएर शेयर सदस्यहरुको भएको हुनाले आफ्ना शेयर सदस्यहरुको विश्वासलाई सधैं कायम राखेर जिम्मेवारी वहन गर्न सुझाव दिनुभयो ।
तीन दिवसीय सो तालिमको उद्घाटनका अवसरमा महासंघका महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ्ग सुब्बा, नायब महाप्रबन्धक बाबुल खनाल, वरिष्ठ प्रबन्धक गोपीकृष्ण भण्डारीको उपस्थिति थियो । तालिममा २३ जनाको सहभागीता रहेको छ । कार्यक्रय तालिम अधिकृत सुनिता यादवले संचालन गर्नुभएको थियो ।
अभिलेख
लोकप्रिय

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबारRecent Posts

सहकारी महासंघको आयोजनामा ‘ओपन फिडे र्यापिड रेटिङ’ चेस हुने
१५ बैशाख २०८२, सोमबार
नेतृत्वमा बस्नेहरुको प्रारम्भिक संस्थाको हालत हेरौं त !
१५ बैशाख २०८२, सोमबार
नेपालको सहकारी अभियान अब कता ?
१५ बैशाख २०८२, सोमबार