‘सहकारी संस्थामा अध्यक्षले कृष्ण र व्यवस्थापकले अर्जुन जस्तो भएर काम गर्नुपर्छ’
काठमाडौं : राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले सहकारीका संचालक तथा अध्यक्षले भगवान कृष्णको जस्तो र व्यवस्थापकले अर्जुनले जस्तो भएर काम गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय सहकारी महासंघद्वारा आयोजित सञ्चालकको क्षमता अभिवृद्धि तालिमको मंगलबार उद्घाटन गर्दै अध्यक्ष कडेलले भन्नुभयो, ‘महाभारत युद्धमा अर्जुनका सारथी कृष्ण थिए । उनले युद्धमा हतियार उठाउनन्, अर्जुनलाई आवश्यक सल्लाह दिए । सहकारीमा पनि व्यवस्थापकको सारथीका रुपमा संचालक रहनुपर्छ ।’
अध्यक्ष कडेलले सहकारी संघ÷संस्थाको सञ्चालकहरु सदस्यहरुले विश्वास गरेको नेता भएकाले उहाँहरुको क्षमता अभिवृद्धि निरन्तर गरिरहुन पर्ने बताउनुभयो । ‘सहकारी संघ÷संस्थाहरुको नेतृत्व लिनु भनेको जिम्मेवार र जवाफदेही हुुनु हो । सदस्यको आर्थिक, सामाजिक रुपान्तरणको नेतृत्व गर्नु सामान्य कुरा होइन,’ उहाँले भन्नुभयो ।
सहकारीमा संचालकको भूमिका स्पष्ट नहुँदा चुनौतीहरुको सामना गर्नुपर्ने भएकाले महासंघले कर्मचारीको क्षमता बृद्धिका साथ साथै संचालकहरुको क्षमता अभिबृद्धिमा समेत फोकस गरेको बताउनुभयो । ‘नेतृत्व लिंदा र हस्तान्तरण गर्दा समेच विचार पु¥याउनु पर्ने भएकाले निरन्तर तालिम, शिक्षा आवश्यक रहन्छ,’ उहाँले बताउनुभयो । साथै उहाँले सहकारी संघ÷संस्थाहरुमा जम्मा भएको पुँजी सञ्चालकको नभएर शेयर सदस्यहरुको भएको हुनाले आफ्ना शेयर सदस्यहरुको विश्वासलाई सधैं कायम राखेर जिम्मेवारी वहन गर्न सुझाव दिनुभयो ।
तीन दिवसीय सो तालिमको उद्घाटनका अवसरमा महासंघका महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ्ग सुब्बा, नायब महाप्रबन्धक बाबुल खनाल, वरिष्ठ प्रबन्धक गोपीकृष्ण भण्डारीको उपस्थिति थियो । तालिममा २३ जनाको सहभागीता रहेको छ । कार्यक्रय तालिम अधिकृत सुनिता यादवले संचालन गर्नुभएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
काभ्रेमा सहकारीका लागि ऋण लगानी र असुली व्यवस्थापन तालिम, ८३ जनाको सहभागिता
१६ माघ २०८२, बिहीबार
६ बुँदे संकल्पसहित दोस्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन सम्पन्न
१५ माघ २०८२, बुधबार
सहकारी पत्रकार समाजमा अर्जुन खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति
१३ माघ २०८२, सोमबार