सिएमसी कास्कीद्वारा ऋण अधिकृतलाई क्षमता अभिवृद्धि तालिम, ३० जनाको सहभागिता
पोखरा : को-अपरेटिभि म्यानेजर्स क्लब (सिएमसी) कास्कीको आयोजना तथा नेफस्कुनको प्राविधिक सहयोगमा पोखरामा सहकारीका ऋण अधिकृतहरुको क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । आजबाट सुरु भएको तालिम ४ गतेसम्म सञ्चालन हुनेछ । तालिममा ३० जनाको सहभागिता रहेको छ ।
तालिम कार्यक्रमको प्रमुख अतिथि जिल्ला सहकारी संघ लिमिटेड कास्कीका अध्यक्ष सावित्रा कोईरालाले सिएमसीको गतिविधिले गर्दा सहकारी अभियानमा राम्रो टेवा पुगेको बताउनुभयो । सिएमसी कास्कीले स्थापना काल देखी नै सहकारीमा कार्यरत कर्मचारी एवं समितिको क्षमता विकासमा लागेको हुँदा देशभर रहेका सबै सहकारीकर्मीले यसको अनुसरण गर्नु पर्ने धारण राख्नु भयो ।

त्यसैगरी कोइरालाले आगामी दिनमा जिल्ला सहकारी संघले सिएमसी कास्कीसँग सहकार्य गरी अगाडी बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा क्लबका मानार्थ सदस्य एवं सहकारी विज्ञ भीम गुरुङ्गले क्लबले गरेका गतिविधिले गर्दा आज देशभर सिएमसीको खाँचो महशुश गरी थुप्रै सिएमसी क्लबहरु गठन भएको बताउनुभयो । गुरुङ्गले तालिममा सिकेको कुरा व्यवहारमा लागू गर्न सहभागी प्रशिक्षार्थीलाई अनुरोध गर्नुभयो ।
तीन दिनसम्म सञ्चालन हुने तालिमको सहजिकरणको लागि नेफस्कुनका वरिष्ठ तालिम अधिकृत वल्लभ तिमल्सिना र सुमन राज घिमिरेले सहजिकरण गर्नु हुनेछ । सिएमसी कास्कीका अध्यक्ष डम्मर सिंह बस्नेतको अध्यक्षतामा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष अपिल कोइराला र सञ्चालन सचिव हरि प्रसाद पन्थीले गर्नु भएको थियो ।

‘व्यवस्थापकहरुको क्षमता सहकारी संस्थामा एकरुपता’ भन्ने मुल नाराका साथ २०७३ सालमा मीलन ढकालको अध्यक्षतामा क्वालिटी सर्कलको रुपमा स्थापित क्लवले थुप्रै तालिमहरु एवं गोष्ठीहरुको अयोजना गरेको छ ।
कल्बका अध्यक्ष डम्मर सिंह बस्नेतले सहकारी सम्बन्धी तालिमको लागि जस्तो सुकै प्राविधिक सहयोग पनि गर्न तयार रहेको बताउनुभयो । सहकारीका नीति, कार्यविधि एवं निर्देशिकाहरु बनाउनको लागि प्रारम्भिक सहकारी संस्थालाई हामी सहयोग गर्दै आएको बताउनुभयो ।
निकट भविश्यमा कास्कीका व्यवस्थापकहरु लाई लक्षित गरी तालिम आयोजना गर्न लागिएको जानकारी दिनुभयो । हामीले सहकारीका ऐन नियमावली र नमुना नीति गरि ७०० पेजको पुस्तक समेत प्रकाशन गरिएको समेत अध्यक्ष बस्नेतले जानकारी दिनु भयो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
कोअपरेटिभ म्यानेजर्स क्लव, स्याङ्जाको अध्यक्षमा शिव वाग्ले
३० बैशाख २०८३, बुधबार
सहकारी मन्त्रालयका सचिव भुजेललाई प्राधिकरण अध्यक्षको जिम्मेवारी
३० बैशाख २०८३, बुधबार
सहकारी पत्रकारितामा दक्षता बढाउन बागमती प्रदेशका ४० पत्रकार एकै ठाउँमा
२८ बैशाख २०८३, सोमबार