सुदूरपश्चिम विशिष्टीकृत सहकारी संघको अध्यक्षमा डा. गोविन्दराज जोशी

धनगढी : सुदूरपश्चिममा थोक उपभोक्ता विशिष्टीकृत सहकारी संघको प्रारम्भिक भेला सम्पन्न भएको छ ।
भेलाले नवजीवन सहकारी संस्थाका उपाध्यक्ष डा. गोविन्दराज जोशी को अध्यक्ष रहने गरी १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ । हाल प्रदेशका ५० वटा सहकारी संस्थाको संघमा सहभागिता रहेको छ ।
सहकारी पसलहरुलाई थोक मूल्यमा आवश्यक वस्तु उपलब्ध गराउने उद्देश्यले थोक उपभोक्ता सहकारी स्थापना गरिएको अध्यक्ष जोशीले जानकारी दिनुभयो । संघले उत्पादक र उपभोक्तालाई गुणस्तरीय सामग्री सुलभ मूल्यमा उपलब्ध गराउने उहाँले बताउनुभयो ।
तदर्ग समितिको उपाध्यक्षमा उदयदेव सहकारी संस्थाका कार्यकारी प्रमुख गणेश बहादुर चन्द, महा–सचिवमा सङ्गम सहकारी संस्थाका सचिव मनमोहन विष्ट, सचिवमा प्रेम सिंह भाट, कोषाध्यक्षमा शान्ति सिंह शाही रहनुभएको छ ।
त्यसैगरी सदस्यमा क्रमशः डम्बर बहादुर शाह, शिवराज बिसी, सुरेन्द्र केसी, कलावती स्वार, प्रयागराज जोशी, ठक्कर खडायत, खडक विष्ट, पुष्पराज भट्ट, जगतराम चौधरी, दान बहादुर रावल रहनु भएको छ ।
अभिलेख
लोकप्रिय


वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवारRecent Posts

सहकारी चलाउनेहरुलाई नै सहकारीप्रति विश्वास छैन
३० बैशाख २०८२, मंगलवार

सहकारी ऐन बमोजिम कर लागू गर्न अध्यक्ष मल्लद्वारा सुझाव पेश
२८ बैशाख २०८२, आईतवार