१३ माघ २०८१, आईतवार

एकै दिन काठमाडौंको ३ वटा सहकारीमा चोरी

२०७७ माघ २२, बिहिबार
एकै दिन काठमाडौंको ३ वटा सहकारीमा चोरी

काठमाडौं : काठमाडौंको चावाहिलमा रहेका तीन वटा सहकारीमा चोरी भएको छ । गए राती नवरस बचत तथा ऋण सहकारी संस्था, पद्ममुखी बचत तथा ऋण सहकारी संस्था र चन्द्र विनायक बचत तथा ऋण सहकारी संस्थामा चोरी गरेको हो । तीन वटै सहकारी नजिक नजिक नै रहेका छन् ।

नवरस साकोसमा झ्यालबाट चोर छिरेका थिए । नगद र चेकहरु भल्टमा रहेका कारण नगद चोरी नभएको नवरस सहकारीका व्यवस्थापक शिवहरि पौडेलले जानकारी दिनुभयो ।

चोरले कार्यालयको दराज तोड्फोड गर्दा खातापाता र कागजपत्रमा क्षति पुगेको उहाँले बताउनुभयो । नगद राख्ने सेफ, कागजपत्र र समग्र कार्यालयको सुरक्षा प्रवन्ध थप दरिलो बनाएका कारण क्षति हुन नपाएको उहाँले बताउनुभयो । अन्य सहकारी संस्थालाई पनि सुरक्षा प्रणालीलाई मजवुत बनाउन पौडेलको आग्रह छ ।

यसैगरी पद्ममुखी सहकारीमा कार्यालयमा तोडफोड गरेपनि नगद रोखेको सेफमा कुनै क्षति पुगेको छैन। यद्यपि तोडफोडबाट कार्यालयको दराज, टेवल, खातापाता लगायतका भौतिक सामग्रीमा भने क्षति पुगेको छ ।

चोरीको विषयमा महानगरीय प्रहरी वृत्त, गौशालामा खबर गरेपछि प्रहरीले चोरी गर्ने समूहको खोजी गरिरहेको छ ।

अभिलेख

लोकप्रिय