पर्वतको कुस्मामा सेवा विस्तार गर्दै सिवाईसी साकोस
बागलुङ : पर्वत जिल्लाको सदरमुकाम कुस्मा बजारमा सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले सेवा केन्द्र विस्तार गर्ने भएको छ । फागुन २३ गतेबाट सेवा केन्द्र सञ्चालनमा ल्याउने संस्थाले जनाएको छ ।
संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्माले धौलागिरि कार्यक्षेत्र रहेको सिवाईसीले कार्यक्षेत्रमा सेवा विस्तार गर्ने योजना अनुसार सेवा केन्द्र विस्तारमा जुटेको बताउनुभयो । हुने खानेको पैसा हुँदा खानेसम्म पु¥याउने र हुँदा खानेलाई हुने खाने बनाउने उदेश्य अनुरुप सिवाईसीले आफ्नो सेवालाई प्रभावकारी बनाउँदै आएको उहाँको भनाई छ ।
१३ हजार ४ सय ४१ जना शेयर सदस्य रहेको सिवाईसीमा २३ करोड ९८ लाख ९६ हजार तीन सय शेयर पुँजी, एक अर्ब २७ करोड १६ लाख २५ हजार ६ सय ६५ बचत संकलन र ९९ करोड २१ लख १७ हजार १८१ लगानी रहेको छ ।
सहकारीको एटिएम, मोवाईल बैंकिङ, क्युआर कोड, ट्याबलेट बैँकिङ, मिष्डकल,इटेलर लगायतका सेवाहरु सञ्चालनमा रहेको जानकारी दिनुभयो ।
सहकारीले २१ प्रकारका बचत र ३५ प्रकारका ऋण सेवा, रेमिट्यान्स सेवाहरुसंगै शेयर सदस्यहरुलाई लक्षित गरि विभिन्न सामाजिक उत्तरदायित्वका आकर्षक योजनाहरु समेत समावेश गर्दै आएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
जिल्ला सहकारी संघ काठमाडौंको २६औं साधारण सभा सम्पन्न
१ माघ २०८२, बुधबार
सहकारी अभियन्ता सुदिप ढकाललाई ‘पोखरा रोयल सहकारी संस्थापक अध्यक्ष पुरस्कार’
२९ पुष २०८२, मंगलवार
सहकारीले पनि पाँच लाखभन्दा बढीको नगद कारोबार गर्न नपाउने, धमाधम सूचना जारी
२९ पुष २०८२, मंगलवार