विकू बचतको १९ औं सेवा केन्द्र त्रिवेणी गाउँपालिकाको दुम्किबासमा
गैंडाकोट : विकू बचत तथा ऋण सहकारी संस्थाले सोमबारदेखि विनयी त्रिवेणी गाउँपालिका–१ दुम्किबास बजारबाट एकिकृत सेवा शुभारम्भ गरेको छ ।

विनयी त्रिवेणी–१ दुम्किबास बजारमा जनकल्याण सेवा केन्द्रमार्फत सेवा शुभारम्भ गरेको हो । गैंडाकोट नगरपालिका– ८ मा केन्द्रीय कार्यालय भई नवलपुर र चितवन जिल्लामा सेवा प्रवाह गरिरहेको विकू साकोस र विनयी त्रिवेणी–१ दुम्किबास बजारमा रहेको जनकल्याण बहुमुखी सहकारी संस्थाबीच एकिकरण भएको थियो ।

संस्थाले यही माघ १९ गते सोमबार एक औपचारिक कार्यक्रमका बीच नयाँ सुविधायुक्त कार्यालयसहित जनकल्याण सेवा केन्द्रको समुद्धघाटन कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमको उद्धघाटन गर्दै विनयी त्रिवेणी गाउँपालिका उपाध्यक्ष एवं प्रमुख अतिथि मिना रानाले विकू विपन्न वर्गका सदस्यहरुको जिवनस्तर माथि उकास्न आय आर्जन सिकाउने संस्था रहेको बताउनु भयो । विकुको आगमन विनयी त्रिवेणी गाउँपालिकाको आम किसान, व्यावसायी ,मजदुर उद्यमी र यस क्षेत्रको लागि अवसर तथा गौरवको विषय भएको व्यक्त गर्दै स्थानिय सरकारको तर्फबाट पुर्ण सहयोगको प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रमा बोल्दै अध्यक्ष ओम प्रसाद सापकोटाले विकू नेपालको सर्बोत्कृट बचत तथा ऋण सहकारी रहेको बताउदै नीति, विधि र प्रविधि नै विकुको सफलता भएको बताउनु भयो । ५० पैसाबाट ७ अर्ब र २६ जनाबाट ८२ हजार शेयर सदस्य पुग्नु नै ठुलो सफलता रहेको कुरा व्यक्त गर्दै संस्था राष्ट्रिय सहकारी अभियानमा सिकाइको पाठशाला तथा अन्तराष्ट्रिय सहकारीका लागि उदाहरणीय नमुना रहेको बताउनु भयो ।


अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार