१३ माघ २०८१, आईतवार

विकू बचतको १९ औं सेवा केन्द्र त्रिवेणी गाउँपालिकाको दुम्किबासमा

२०७७ माघ २०, मङ्गलबार
विकू बचतको १९ औं सेवा केन्द्र त्रिवेणी गाउँपालिकाको दुम्किबासमा

गैंडाकोट : विकू बचत तथा ऋण सहकारी संस्थाले सोमबारदेखि विनयी त्रिवेणी गाउँपालिका–१ दुम्किबास बजारबाट एकिकृत सेवा शुभारम्भ गरेको छ ।

विनयी त्रिवेणी–१ दुम्किबास बजारमा जनकल्याण सेवा केन्द्रमार्फत सेवा शुभारम्भ गरेको हो । गैंडाकोट नगरपालिका– ८ मा केन्द्रीय कार्यालय भई नवलपुर र चितवन जिल्लामा सेवा प्रवाह गरिरहेको विकू साकोस र विनयी त्रिवेणी–१ दुम्किबास बजारमा रहेको जनकल्याण बहुमुखी सहकारी संस्थाबीच एकिकरण भएको थियो ।

संस्थाले यही माघ १९ गते सोमबार एक औपचारिक कार्यक्रमका बीच नयाँ सुविधायुक्त कार्यालयसहित जनकल्याण सेवा केन्द्रको समुद्धघाटन कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमको उद्धघाटन गर्दै विनयी त्रिवेणी गाउँपालिका उपाध्यक्ष एवं प्रमुख अतिथि मिना रानाले विकू विपन्न वर्गका सदस्यहरुको जिवनस्तर माथि उकास्न आय आर्जन सिकाउने संस्था रहेको बताउनु भयो । विकुको आगमन विनयी त्रिवेणी गाउँपालिकाको आम किसान, व्यावसायी ,मजदुर उद्यमी र यस क्षेत्रको लागि अवसर तथा गौरवको विषय भएको व्यक्त गर्दै स्थानिय सरकारको तर्फबाट पुर्ण सहयोगको प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रमा बोल्दै  अध्यक्ष ओम प्रसाद सापकोटाले विकू नेपालको सर्बोत्कृट बचत तथा ऋण सहकारी रहेको बताउदै नीति, विधि र प्रविधि नै विकुको सफलता भएको बताउनु भयो । ५० पैसाबाट ७ अर्ब र २६ जनाबाट ८२ हजार शेयर सदस्य पुग्नु नै ठुलो सफलता रहेको कुरा व्यक्त गर्दै संस्था राष्ट्रिय सहकारी अभियानमा सिकाइको पाठशाला तथा अन्तराष्ट्रिय सहकारीका लागि उदाहरणीय नमुना रहेको बताउनु भयो ।

अभिलेख

लोकप्रिय