अब सहकारीको आफ्नै इन्धन बोक्ने ट्यांकर
२०७७ माघ २०, मङ्गलबार
काठमाडौं : साझा पसल सेवा सहकारी संस्थाले इन्धन बोक्ने पाँच वटा ट्यांकर सञ्चालनमा ल्याएको छ ।
पेट्रोल पम्पहरुमा लगानी गरेको यस सहकारी संस्थाले पहिलो पटक डिजेल र पेट्रोल ढुवानीका लागि प्रयोग हुने ट्यांकर किनेको हो । माघ १६ गते वाणिज्य सचिव बैकुण्ठ अर्यालले नयाँ ढुवानीका लागि ट्यांकर सञ्चालनको उद्घाटन गर्नुभयो ।
२० हजार लिटर क्षमताका पाँच वटा ट्यांकर साढे दुई करोड लगानीमा खरिद गरिएको संस्थाका कार्यकारी निर्देशक दिनेश पौडेलले बताउनुभयो ।
इन्धन ढुवानीमा पनि अब साझा अघि बढेको बताउँदै कार्यकारी निर्देशक पौडेलले कुनै पनि परिस्थितमा जनताको सेवा गर्न तयार रहेको बताउनुभयो । नयाँ ट्यांकरहरुले आजदेखि नै पेट्रोलियम ढुवानी थाल्ने संस्थाले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार