अब सहकारीको आफ्नै इन्धन बोक्ने ट्यांकर
२०७७ माघ २०, मङ्गलबार

काठमाडौं : साझा पसल सेवा सहकारी संस्थाले इन्धन बोक्ने पाँच वटा ट्यांकर सञ्चालनमा ल्याएको छ ।
पेट्रोल पम्पहरुमा लगानी गरेको यस सहकारी संस्थाले पहिलो पटक डिजेल र पेट्रोल ढुवानीका लागि प्रयोग हुने ट्यांकर किनेको हो । माघ १६ गते वाणिज्य सचिव बैकुण्ठ अर्यालले नयाँ ढुवानीका लागि ट्यांकर सञ्चालनको उद्घाटन गर्नुभयो ।
२० हजार लिटर क्षमताका पाँच वटा ट्यांकर साढे दुई करोड लगानीमा खरिद गरिएको संस्थाका कार्यकारी निर्देशक दिनेश पौडेलले बताउनुभयो ।
इन्धन ढुवानीमा पनि अब साझा अघि बढेको बताउँदै कार्यकारी निर्देशक पौडेलले कुनै पनि परिस्थितमा जनताको सेवा गर्न तयार रहेको बताउनुभयो । नयाँ ट्यांकरहरुले आजदेखि नै पेट्रोलियम ढुवानी थाल्ने संस्थाले जनाएको छ ।
अभिलेख
लोकप्रिय

नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबार
सहकारी सञ्जालको ५३औं बैठक: समसामयिक मुद्दा, चुनौती र समस्या समाधानमा छलफल
२८ श्रावण २०८१, सोमबार
आर्थिक मन्दी: सहकारी सरोकारवालाहरुका लागि सिकाइ
२३ बैशाख २०८१, आईतवारRecent Posts

‘प्रथम बागमती प्रदेश सहकारी सम्मेलन’को रजिष्ट्रेशन खुला
१ फाल्गुन २०८१, बिहीबार
अध्यादेश संशोधन पहलको लागि राष्ट्रिय सहकारी बैंकले बुझायो महासंघलाई सुझाव
२९ माघ २०८१, मंगलवार
धेवा साझेदारीले तिरेन सहकारी बैंकको कर्जा, धितो लिलामी गर्न १५ दिने सूचना
२८ माघ २०८१, सोमबार