जनमुखी साकोसको अध्यक्षमा माधवप्रसाद दहाल
दोलखा : वैत्यश्वर गाउँपालिका– ५ स्थित जनमुखी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा माधव प्रसाद दहाल चयन हुनुभएको छ । अध्यक्ष पदका उम्मेदवार सिताराम दहाललाई ९ सय ९६ मतले पछि पार्दै माधव प्रसाद दहाल विजयी हुनुभएको हो । उहाँले १ हजार ९ सय ३० मत प्राप्त गर्नुभएको थियो । सिताराम दहालले ९ सय ३४ मत प्राप्त गर्नुभएको थियो ।
त्यसैगरी संस्थाको उपाध्यक्षमा गिताकृष्ण शर्मा विजयी हुनुभएको छ । शर्माले १ हजार ९ सय ५३ मत प्राप्त गर्नुभएको छ भने प्रतिद्धन्दी शंकर बस्नेतले ७ सय ७४ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरि काब्रे सदस्य तर्फ राजनकुमार दहाल १ हजार ४ सय ७७ मतका साथ विजयी हुनुभएको छ । नाम्दु सदस्यमा कमल चौलागाई १ हजार ९२ मतका साथ विजयी हुनुभएको छ ।
सहकारीको दलित जनजाति सदस्यतर्फ गीता भुजेल विजयी हुनुभएको छ । निर्वाचित पदाधिकारीलाई निर्वाचन अधिकृत तारा प्रसाद पन्तले सपथ ग्रहण गराउनुभएको छ भने सोहि अवसरमा प्रमाण पत्र प्रदान गरिएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार