जनमुखी साकोसको अध्यक्षमा माधवप्रसाद दहाल

दोलखा : वैत्यश्वर गाउँपालिका– ५ स्थित जनमुखी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा माधव प्रसाद दहाल चयन हुनुभएको छ । अध्यक्ष पदका उम्मेदवार सिताराम दहाललाई ९ सय ९६ मतले पछि पार्दै माधव प्रसाद दहाल विजयी हुनुभएको हो । उहाँले १ हजार ९ सय ३० मत प्राप्त गर्नुभएको थियो । सिताराम दहालले ९ सय ३४ मत प्राप्त गर्नुभएको थियो ।
त्यसैगरी संस्थाको उपाध्यक्षमा गिताकृष्ण शर्मा विजयी हुनुभएको छ । शर्माले १ हजार ९ सय ५३ मत प्राप्त गर्नुभएको छ भने प्रतिद्धन्दी शंकर बस्नेतले ७ सय ७४ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरि काब्रे सदस्य तर्फ राजनकुमार दहाल १ हजार ४ सय ७७ मतका साथ विजयी हुनुभएको छ । नाम्दु सदस्यमा कमल चौलागाई १ हजार ९२ मतका साथ विजयी हुनुभएको छ ।
सहकारीको दलित जनजाति सदस्यतर्फ गीता भुजेल विजयी हुनुभएको छ । निर्वाचित पदाधिकारीलाई निर्वाचन अधिकृत तारा प्रसाद पन्तले सपथ ग्रहण गराउनुभएको छ भने सोहि अवसरमा प्रमाण पत्र प्रदान गरिएको थियो ।
अभिलेख
लोकप्रिय


वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवारRecent Posts

सहकारी चलाउनेहरुलाई नै सहकारीप्रति विश्वास छैन
३० बैशाख २०८२, मंगलवार

सहकारी ऐन बमोजिम कर लागू गर्न अध्यक्ष मल्लद्वारा सुझाव पेश
२८ बैशाख २०८२, आईतवार