नेचुरल साकोसले मिलायो शालीनदी मेलामा डिजिटल सहयोग गर्न सकिने व्यवस्था
काठमाडौं : हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि शुरु भएको छ ।
प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । आजैबाट काठमाडौंको शालीनदीमा स्वस्थानीको मेला सुरु भएको छ । कोभिड–१९ को महामारीका कारण मापदण्ड र कार्यविधि बनाएर मेला सञ्चालन गरेको हो ।
श्री माधव नारायण स्वस्थानी व्रत तथा शालीनदी विकास समितिले यस वर्ष मेलामा आउने व्रतालु तथा भक्तजनहरुको लागि डिजिटल माध्यमबाट सहयोग गर्ने व्यवस्था मिलाएको छ । समितिले नेचुरल बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा डिजिटल सहयोगको व्यवस्था मिलाएको हो ।

समितिले नगदभन्दा डिजिटल माध्यमबाट सहयोग गर्न अनुरोध गरेको छ । नेचुरल बचत तथा ऋण सहकारी संस्थाले ईसेवासँग सहकार्य गरेर क्युआर कोड समितिलाई उपलब्ध गराएको हो । उक्त कोड स्क्यान गरेर नेपालको जुनसुकै बैंक तथा वित्तीय संस्था र सहकारीबाट समितिमा सहयोग गर्न सकिने छ ।
नेचुरल सहकारीका प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठकले समिति अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठलाई एक कार्यक्रमको बीच क्युआर कोड हस्तान्तरण गर्नुभएको थियो । त्यस्तै संस्थाले उक्त समितिलाई आर्थिक सहयोग समेत गरेको छ । कार्यक्रममा संस्थाका प्रशासन विभाग प्रमुख सृजना पण्डित, साँखु सेवा केन्द्र प्रमुख घनश्याम नेपाल, आईटी प्रमुख समिर बुढाथोकी लगायत ईसेवका प्रतिनिधिको उपस्थिती रहेको थियो ।
उक्त सेवा प्रयोग गर्दा कुनै पनि अतिरिक्त शुल्क नलाग्ने संस्थाका प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठकले जानकारी दिनुभयो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
गैरनेपालीसँग कारोबार नगर्न सहकारीलाई काठमाडौं महानगरको निर्देशन
२५ फाल्गुन २०८२, सोमबार
चन्द्रागिरि साकोसमा महिला स्वास्थ्य शिविर
२४ फाल्गुन २०८२, आईतवार
अन्तर्राष्ट्रिय महिला दिवस: उद्यमशील सदस्यलाई सगुन साकोसको सम्मान
२४ फाल्गुन २०८२, आईतवार