२४ कात्तिक २०८३, मङ्गलबार

विकूको प्रगति देखेर लोभ लाग्यो : महजोडी (भिडियो सहित)

२०७७ माघ १०, शनिवार
विकूको प्रगति देखेर लोभ लाग्यो : महजोडी (भिडियो सहित)

गैंडाकोट : बरिष्ठ हास्य कलाकार हरिबंश आचार्यले सहकारी मह जोडी जस्तै सफल रहेको बताउनुभएको छ । सहकारी सफल हुँदै गएकोले राज्यमा यसको महत्व बढेको उहाँले बताउनुभयो ।

बिहिबार सिटिजन्स लाईफ इन्सुरेन्स र विकू बचत तथा ऋण सहकारीको बीच सहकार्य गर्ने कार्यक्रमा संस्थाको कार्यलय पुगेका मह जोडीले सहकारीबारे धारणा राखेका राख्नुभएको थियो ।

उहाँले विकूले गरेको प्रगतीको प्रशंसा गर्दै सहकारीले बैंकभन्दा राम्रो काम गरेकोमा आफू चकित भएको बताउनुभयो । ‘विकू सहकारीले गरेको प्रगती देखेर मलाई लोभ लाग्यो र विकू रहरलाग्दो रहेछ’, उहाँले भन्नुुुुुभयाे । सहकारीमा धेरै सम्भावना रहेको र संगतगर्न लायक संस्था रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले सहकारी र इन्सुरेन्सबीचको सहकार्य राम्रो हुन्छ भनेर संस्था छानेर मात्र काम गरेको बताउनुभयो । “सहकारी राम्रै होला भनेको, सोचे भन्दा राम्रो रहेको पाँए’, उहाँले भने, ‘सहकारीमा पनि छानेर काम गर्ने गरेको र विकस् जस्तो राम्रो संस्था देखेको छैन ।’

कार्यक्रममा सिटिजन्स लाइफका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले सहकारीमा चुनौती भएपनि बिकुको प्रगती देखेर डाहा लागेको बताताउनुभयो । विकू बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ओमप्रसाद सापकोटाले संस्थाको बारेमा जानकारी गराउनुभएको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले संस्थाको बारेमा जानकारी दिनुहुँदै ५० पैशाबाट सुरु भएको संस्थाको ७ अर्व पूँजी पुगेको बताउनुभयो ।

 

 

अभिलेख

लोकप्रिय