विराटनगरको रारा साकोस आर्थिक संकटमा, कार्यालय बन्द गरी सञ्चालक सम्पर्कविहीन
विराटनगर : विराटनगर–७, स्थित रारा बचत तथा ऋण सहकारी संस्था बन्द गरी सञ्चालक सम्पर्कबिहीन बनेका छन् । कार्यालय बन्द भएपछि सदस्यमा आशंका उत्पन्न भएको छ । आर्थिक समस्यामा रहेको उक्त सहकारी संस्थाले बचत रकम फिर्ता गर्ने भनेर ८ गते कार्यालय सदस्यलाई बोलाएको थियो ।
बचत रकम फिर्ता दिन बोलाइएपनि कार्यालय पुग्दा बन्द देखेपछि सदस्यमा खैलाबैला मच्चिएको थियो । यसअघि देखिनै आफ्नो बचतको रकम कार्यालय धाईरहेका बचतकर्ताले पछिल्लो समय बोलाइएको दिनपनि सहकारी बन्द रहेको पाएपछि आक्रोशित र आशंकित भएका हुन् ।
विना सूचना कार्यालय बन्द भएपछि बचत रकम डूब्ने हो कि भन्ने चिन्तामा सदस्यहरु रहेका छन् । सदस्यहरु जिल्ला प्रहरी कार्यालय पुगेका छन् ।
सहकारी संस्थाका अध्यक्ष शेरबहादुर थापा मगरले भने सहकारी भागेको भन्ने हल्ला निराधार रहेको दावी गरेका छन् । सहकारीले प्रवाह गरेको ऋण समयमा उठ्न नसकेका कारण बचतकर्तालाई रकम तिर्न समस्या भएको बताएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा नेचुरल साकोसको साथ, दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार सहयोग
१४ भाद्र २०८३, आईतवार
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार