१३ भदौ २०८३, शनिवार

जनसचेतन साकोसको प्रवक्तामा शरदचन्द्र सापकोटा

२०७७ माघ ९, शुक्रबार
जनसचेतन साकोसको प्रवक्तामा शरदचन्द्र सापकोटा

दोलखा : जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले सञ्चालक समितिले गरेको निर्णयहरु सार्वजानिक गर्ने भएको छ ।

संस्थाको माघ ३ गते बसेको संञ्चालक समितिको दोस्रो पुर्ण बैठकले निर्णय सार्वजनिक गर्ने निर्णय गरेको हो । बैठकले संस्थाका अधिकारीक धारणाहरु सार्वजनिक गर्न संस्थाका सञ्चालक समितिका सदस्य शरदचन्द्र सापकोटालाई संस्थाको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ ।
सञ्चालक समतिको निर्णय सार्वजानिक गर्न प्रवक्ता तोक्ने जिल्लाकै पहिलो सहकारी जनसचेतन बनेको छ । संस्थामा भएका गतिविधि सबै सदस्यहरुलाई जानकारी गराउन यस्तो निर्णय गरिएको संस्थाका अध्यक्ष हेमन्त चौलागाईले जानकारी दिनुभयो ।

अभिलेख

लोकप्रिय