जेष्ट साकोस र ज्योती लाईफबीच सहकार्य, अब सबै सदस्य र कर्मचारीको बिमा

काठमाडौं : जेष्ट बचत तथा ऋण सहकारी संस्था र ज्योती लाईफ इन्स्योरेन्स बीच सदस्यहरुको ‘सामुहिक म्यादी जीवन बिमा’ गराउने सम्झौता भएको छ ।
संस्थाका सम्पूर्ण सदस्य र कर्मचारीहरुको बिमा गर्ने गराउने गरी सम्झौता भएको हो । उक्त सम्झौतामा संस्थाका प्रमुख कार्यकारी अधिकृत मधुसुदन पाठक र इन्स्योरेन्स कम्पनीको तर्फबाट बिशाल विक्रम शाहले हस्ताक्षर गर्नुभएको छ ।
अब जेष्ट बचतबाट ऋण सदस्यहरुको म्यादी बीमा हुनेछ । संस्थाबाट कर्जा सुविधा लिनेहरुको जीवनमा आइपर्ने अकल्पनीय क्षतिको रक्षावरण हुने विषय बीमामा समाविष्ट गरिएको छ ।
सहमति अनुसार सदस्यहरुको असामयिक निधन भएमा किरिया खर्च बिमाङ्क रकमको १० प्रतिशत वा २ लाखसम्म उपलब्ध गराईने छ । ऋणी सदस्यको मृत्युभएमा बिमाङ्कको शत प्रतिशत भुक्तानी कम्पनीले गर्नेछ ।
त्यस्तै दुर्घटनामा बिमितको मृत्यु भएका बिमाङ्कको २ सय प्रतिशत, दुर्घटनाको कारण पूर्ण स्थायी रुपमा अशक्त भएका बिमाङ्कको १ सय प्रतिशत, दुर्घटनाको कारण आंशिक अशक्त भएमा वा अंगभंग भएमा बिमाङ्कको ४ देखि १ सय प्रतिशत सम्म रकम प्रदान गरिने कम्पनीले जनाएको छ ।
अभिलेख
लोकप्रिय

आकाश डिजिटलको ८औं वार्षिकोत्सवमा विशेष छुट
१० असार २०८२, मंगलवार

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबारRecent Posts

सञ्चालनमा आयो सहकारी कर्जा असुली न्यायाधिकरण, कर्जा उठाउन सहजता हुने
२५ असार २०८२, बुधबार

विशाल साकोसको विस्तारिक बैठक सम्पन्न, वार्षिक नीति तथा कार्यक्रम र बजेट पारित
२२ असार २०८२, आईतवार