झापा जिल्ला संघको अध्यक्षमा पुनः गणेश ढकाल, सहमती हुन नसकेको पदमा माघ १७ गते निर्वाचन
झापा : जिल्ला सहकारी संघ झापाको आगामी चार वर्षे कार्यकालका लागि अध्यक्ष पदमा पुनः गणेश ढकाल निर्वाचित हुनुभएको छ ।
ढकाल दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित हुनुभएको हो । त्यस्तै वरिष्ठ उपाध्यक्षमा पुनः महेन्द्रकुमार गिरी निर्विरोध निर्वाचित हुनुभएको छ। अध्यक्ष ढकाल पूर्वनेपाल बहुउद्देश्यीय सहकारी संस्था र वरिष्ठ उपाध्यक्ष गिरी सहारा नेपाल साकोसबाट प्रतिनिधित्व गर्नुहुन्छ ।
त्यस्तै संघको सचिव, सहसचिव, लेखा समिति संयोजक र केही क्षेत्रीय सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । संघको सचिवमा हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था बिर्तामोडका भवानीप्रसाद दंगाल र सहसचिवमा जयनेपाल बचत तथा ऋण सहकारी संस्था बिर्तामोडका कृष्णप्रसाद मिश्र निर्विरोध भएका हुन् । त्यस्तै संघको लेखा सुपरीवेक्षण समिति संयोजकमा सूर्यमुखी बचत तथा ऋण सहकारी संस्था दमकका चूडामणि ओझा निर्विरोध निर्वाचित हुनुभएको छ ।
अन्य बाँकी पदहरुमा माघ १७ गते निर्वाचन हुने भएको छ । संशोधित विधानअनुसार संघमा १९ सदस्यीय सञ्चालक र तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति रहने व्यवस्था छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
